Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०६:३५:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुर–१ (क) उपनिर्वाचन : १९ उम्मेदवारलाई चुनाव चिह्न 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०६:३५:००

आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि भक्तपुर–१ को प्रदेश सभा (क) का उम्मेदवारले सोमबार चुनाव चिह्न पाएका छन् । १० स्वतन्त्रसहित १९ उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार चुनाव चिह्न दिएको हो ।

कार्यालयले ९ राजनीतिक पार्टीका उम्मेदवारलाई सम्बन्धित पार्टीको चुनाव चिह्न प्रदान गरेको छ भने स्वतन्त्र उम्मेदवारलाई विभिन्न चिह्न दिएको छ । नेकपाका डिपी (देवीप्रसाद) ढकाललाई सूर्य, कांग्रेसका कृष्णलाल भडेललाई रुख र नेमकिपाका निरज लवजूलाई मादल चुनाव चिह्न दिएको छ । 

कांग्रेस (बिपी)का मधुसुदन न्यौपानेलाई करुवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामालाई दापसहितको खुकुरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाललाई गाई, समाजवादी पार्टीका सुदर्शन कुमारलाई पाँच औँलासहितको हत्केला, मालेका सुदर्शन लामिछानेलाई हँसिया तारा र साझा पार्टीका सुरज प्रधानलाई तराजु चुनाव चिह्न दिएको हो । स्वतन्त्र उम्मेदवार अर्जुन कोजूलाई भर्‍याङ, राकेश सुवाललाई ड्रम, उत्तम साखकर्मीलाई बालक, कृष्णप्रसाद ह्योगोलाई सिएफएल चिम, कृष्णराम पोतामाहालाई हाते पंखा, जीवनचन्द्र अधिकारीलाई चकला बेलना, जीवन नेपालीलाई ब्याडमिन्टन कर्क, संगीता पौडेललाई घुम्ने कुर्सी, सुजाता देउजालाई स्कुटर र सुमना कार्कीलाई जिप चुनाव चिह्न प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।

भक्तपुर–१ (क) मा गत निर्वाचनमा भन्दा उपनिर्वाचनमा एक हजार चार सय ८४ मतदाता थपिएर ४५ हजार १४ मतदाता पुगेका छन् । चाँगुनारायण नगरपालिकाका ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० समेटिएको प्रदेश सभा क्षेत्रमा २२ मतदानस्थल र ५४ मतदान केन्द्र निर्धारण गरिएको छ ।