• ePaper
  • वि.सं २०७५ माघ ७ सोमबार
  • Monday, 21 January, 2019
  • Archive

च्यासलको फराकिलो जित

दिल्लीमाथि ६–० को जित निकाल्दा च्यासलका अर्मान्ड मोएनले ह्याट्रिक गरे

विदेशी खेलाडी अर्मान्ड मोएनको ह्याट्रिकको सहयोगमा च्यासल क्लबले बिहीबार खप्तड गोल्डकप फुटबल प्रयितोगितामा दिल्ली फुटबल क्लबमाथि ६–० को फराकिलो जित दर्ता गरेको छ । जितसँगै च्यासल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अर्मान्ड पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गर्दै डेब्यु प्रतियोगितामा ह्याट्रिक लगाउन सफल भएका हुन् । च्यासलले अब सेमिफाइनल प्रवेशका लागि थ्री स्टारको सामना गर्नेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार रुपन्देहीको गोर्खा ब्वाइजले संकटा क्लबको सामना गर्नेछ । 

पहिलो हाफमा ३ गोल
 च्यासलले पहिलो हाफमा ३–० को अग्रता लिँदै दिल्लीका खेलाडी खेलमा फर्कन सकेनन् । खेलको १४औँ मिनेटमा सन्जोग राईले च्यासललाई १–० को अग्रता दिलाए । खेलको ३१औँ मिनेटमा हेमन्त थापामगरले गोल गर्दै च्यासललाई २–० को स्थितिमा राखे । अर्मान्डले ४०औँ मिनेटमा व्यक्तिगत पहिलो गोल थप्दा च्यासल ३–० ले अघि रह्यो । 
दोस्रो हाफमा ह्याट्रिक
च्यासलले दोस्रो हाफको सुरुवातदेखि नै दिल्लीको पोस्टमा चार्ज ग-यो । च्यासलका लागि ४९औँ मिनेटमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७३औँ मिनेटमा योगेश गुरुङको पासमा अर्मान्डले ह्याट्रिक पूरा गरे । खेलको अन्तिम इन्जुरी समयमा सन्तबहादुर गुरुङले च्यासललाई ६–० को जित दिलाए । प्रतिस्पर्धामा दिल्लीका नियमित ६ खेलाडी अनुपस्थित रहे । आफ्ना मुख्य खेलाडी उपलब्ध नहुँदा नै च्यासलसँग फराकिलो अन्तरले पराजित भएको दिल्लीका प्रशिक्षक विएस मेहेराले बताए । ‘मेरा मुख्य ६ खेलाडी आउन सकेनन्,’ उनले भने ।

 

 

प्रतिकृया दिनुहोस