मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार १९:५५:००
Read Time : < 1 मिनेट
समाचार

सेनानी तिवारीमाथि कारवाही, ६ महिना कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार १९:५५:००

नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारवाही गरेको छ । दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारवाहीमा परेका हुन् ।

समरी जनरल सैनिक अदालतले सेनानी तिवारीलाई ६ महिना कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसकेपछि संस्थालाई आरोप लगाउँदै सङ्गठनको स्वीकृति बेगर थापाथली इञ्जिनियरिङ क्याम्पसमा काम गरेको सेनाले जनाएको छ ।

थापाथली इञ्जिनियरिङ क्याम्पसमा प्राध्यापकमा स्थायी नियुिक्त लिई भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको जनाइएको छ । सैनिक सेवाबाट आफू खुशी भागेकाे सबैलाई कुनै पनि बखतमा पक्राउ गरी सैनिक ऐनबमोजिम कारवाही गरिने सेनाले जनाएको छ ।