मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १७ शनिबार
  • Saturday, 30 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार १३:००:००
Read Time : < 1 मिनेट
समाचार

सरकारको निर्णय नमान्ने मेडिकल संचालकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार १३:००:००

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएका  छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुको गुनासो सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय भएको बताए । 

यसबारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आजै पत्र लेखेर जानकारी दिने उनले बताए । मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । 

यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने र सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्की दिदै आएका छन् । यस्तै पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अनशनरत डा. गोबिन्द केसीलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गरेका छन् । 

डा. केसीको मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन सुरु गरेको मन्त्री पोखरेलले बताए । अहिले देश सीमा बिबादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनशन बसेर सरकारलाई अनावश्यक दबाब नदिन उनले डा. केसीलाई आग्रह गरे ।

डा. केसी चिकित्सा शिक्षा सुधारको विभिन्न मागसहित गत ८ दिन देखि डडेलधुरामा अनशन बसिरहेको छन् ।