१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका लन्डन
२०७६ कार्तिक २५ सोमबार ११:४०:००
Read Time : < 1 मिनेट
खेलकुद

युनाइटेड सातौँ स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका लन्डन
२०७६ कार्तिक २५ सोमबार ११:४०:००

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा दुई महिनापछि उच्चतम स्थान प्राप्त गरेको छ । आइतबार घरेलु मैदान वल्ड ट्राफोर्डमा ब्राइटनमाथि २–१ को जित निकाल्दै युनाइटेड सातौँ स्थानमा उक्लिएको हो । युनाइटेडले १२ खेलबाट १६ अंक बटुलेको छ । युनाइटेडको जितमा एन्ड्रेस पेरेरिया र रास्फोर्डले एक–एक गोल गरेका थिए । प्रोपेरले आत्मघाती गोल गर्दा युनाइटेडको जित फराकिलो बन्यो । ब्राइटनका लागि डुकले खेलको ६४औँ मिनेटमा एक गोल फर्काए । 

युनाइटेडलाई पेरेरियाले खेलको १७औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । खेलको १९औँ मिनेटमा ड्याभी प्रोपेरको आत्मघाती गोलको निर्णय भिएआरबाट भएको थियो । मध्यान्तरअघि युनाइटेड २–० ले अघि बढ्यो । त्यसपछि रास्फोर्डले खेलको ६६औँ मिनेटमा ३–१ का लागि गोल गरे । प्रतिस्पर्धामा युनाइटेडले ब्राइटनमाथि ५७ प्रतिशत बल पोसेसन राखेको थियो । 

अर्को खेलमा उल्भेसले आस्टोल भिल्लालाई २–१ ले हरायो । उल्भेस जितका साथ लिगको आठौँ स्थानमा पुगेको छ । यता आस्टोन भिल्ला ११ अंकका साथ १७औँ स्थानमा सीमित भयो । भिल्ला रेलिगेसन जोनभन्दा एक स्थान माथि छ । खेलको ४१औँ मिनेटमा नेभेसको गोलसँगै उल्भेस १–० ले अघि बढ्यो । खेलको ८४औँ मिनेटमा जेभिनेजले उल्भेसलाई २–० को स्थितिमा राखे । खेलको अन्तिम इन्जुरी समयमा ट्रेगुएटले भिल्लालाई २–१ को अन्तरमा ल्याए । 

बार्सिलोनालाई पछ्याउँदै रियल
स्पेनिस लालिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनालाई रियल म्याड्रिडले पछ्याइरहेको छ । लिगाको १२औँ  खेलको समाप्तिसम्म बार्सिलोना र रियलले समान २५ अंक बटुलेका छन् । गोलअन्तरमा बार्सिलोना शीर्ष स्थानमा छ । शनिबार भएको खेलमा कप्तान लियोनल मेसीको ह्याट्रिकमा बार्सिलोनाले सेल्टाभिगोलाई ४–१ ले हरायो । सो खेलमा मेसीले दुई उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । मेसीले लिगमा ३४ ह्याट्रिक पूरा गरेका छन् । अर्को खेलमा रियलले एल्बारमाथि ४–० को जित रच्यो ।