मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका संखुवासभा
२०७६ कार्तिक २५ सोमबार ११:४६:००
Read Time : < 1 मिनेट
प्रदेश

संखुवासभाका १० निर्वाचन क्षेत्र संवेदनशील

Read Time : < 1 मिनेट
नयाँ पत्रिका संखुवासभा
२०७६ कार्तिक २५ सोमबार ११:४६:००

जिल्लाका १० वटा निर्वाचन क्षेत्र संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताएका छन् । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेका ११ वटा मतदान स्थलमध्ये १० वटा क्षेत्र सुरक्षाका हिसाबले संवेदनशील रहेको उनको भनाइ छ । 

मतदान स्थललाई दुई भागमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ दुलालले जानकारी दिए । उनले भने, ‘भौगोलिक विकटता, दलीय अस्वस्थ प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता तथा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदान स्थल तथा केन्द्र छुट्याइएको छ ।’ संवेदनशीलता हेरेर सुरक्षाकर्मी परिचालन गर्ने रणनीति सुरक्षा समितिले लिएको छ ।