मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँदिल्ली
२०७६ कार्तिक २५ सोमबार ०८:०७:००
Read Time : > 1 मिनेट
विश्व

आँधीबाट जोगाउन २० लाखलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण

Read Time : > 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७६ कार्तिक २५ सोमबार ०८:०७:००

समुद्री आँधी साक्लोन बुलबुल बंगालको खाडी प्रवेश गरेसँगै भारत र बंगालदेशका २० लाखभन्दा बढी मानिसलाई सुरक्षित क्षेत्रतर्फ स्थानान्तरण गरिएको छ । आँधीले समुद्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको छ ।

स्थानीय समयअनुसार शनिबार मध्यरातमा भारतको पश्चिमी बंगालको सागर आइल्यान्डमा बुलबुल प्रवेश गरेको थियो । आँधीले विध्वंस मच्चाउने अनुमान गरिएको छ । आँधीबाट दुईजनाको मृत्यु भइसकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । समुद्री बन्दरगाह र व्यस्त कोलकत्ता विमानस्थलसहित प्रभावित क्षेत्रका सम्पूर्ण विमानस्थल क्षेत्रको सेवा बन्द गरिएको छ ।

ठूला बन्दरगाह बन्द
बंगलादेशका दुई ठूला बन्दरगाह मोग्ला र चित्तागोंग बन्द गरिएको छ भने चित्तागोंग विमानस्थलतर्फ उड्ने सम्पूर्ण उडानमा पनि रोक लगाइएको छ । आँधी प्रभावित मानिसलाई ५५ सयवटा साइक्लोन सेल्टरमा राखिएको छ ।

धैर्य रहन बनर्जीको अनुरोध
भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आँधी प्रवेश गर्नुअघि ट्विट गर्दै मानिसलाई शान्त र धैर्य रहन आग्रह गरेकी थिइन् । ‘कृपया, भयभीत नहुनुहोला,’ उनले लेखेकी छिन्, ‘शान्त रहन र उद्धार कार्यमा प्रशासनलाई सहयोग गर्न आग्रह गर्छु । सचेत हुनुहोस्, सावधानी अपनाउनुहोस् र सुरक्षित रहनुहोस् ।’ 

उत्तरतर्फ बढेर कमजोर हुने
सो आँधी उत्तरतर्फ बढ्ने क्रममा बिस्तारै कमजोर हुने मौसमविज्ञहरूको पूर्वानुमान छ । बुलबुल आँधीका वेला वायुको गति करिब १२० किलोमिटर प्रतिघन्टा पुग्ने र समुद्र तथा नदीमा ठूलो समुद्री छाल आउने बंगलादेशको मौसम विभागले जनाएको छ । आँधी उत्तरमा सुन्दरवनतर्फ लाग्ने अनुमान गरिएको छ । सुन्दरवन मानिसले बनाएको विशाल जंगल हो । यहाँ लोपोन्मुख बंगाली बाघ बसोवास गर्छन् । 

हजारौँ बिचल्लीमा 
यातायात केन्द्र बन्द हुँदा बंगलादेशको सेन्ट मार्टिन टापुलगायत अन्य टापुबाट तटीय क्षेत्रतर्फ जाँदै गरेका हजाराैँ मानिस बिचल्लीमा परेका छन् ।

सेना तयारी अवस्थामा
आपत्कालीन अवस्थाका लागि सेनाको समुद्री जहाज र विमानलाई तयारी अवस्थामा राखिएको भारतीय अधिकारीले जनाएका छन् । बंगलादेशको तल्लो तहको तट बारम्बार समुद्री आँधीबाट प्रभावित हुने गरेको छ । तर, पछिल्लो वर्षमा देश विपत्बाट हुन सक्ने सम्भावित मृत्यु न्यून गर्न सफल भएको छ ।