Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार ०७:५७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी छान्नुस् मेकअप प्रडक्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार ०७:५७:००
  •  मेकअप प्रडक्टको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । मेकअप प्रडक्ट खरिद गर्नुपूर्व पार्लरको सल्लाह लिँदा उपयुक्त हुन्छ । 
  •  स्किनअनुसारको मेकअप प्रडक्ट प्रयोग गर्नुपर्छ । त्यसैले मेकअप गर्नुपूर्व आफ्नो स्किन कस्तो प्रकृतिको छ भनेर जाँच गर्न जरुरी हुन्छ । आयली र ड्राई स्किनका लागि छुट्टाछुट्टै प्रडक्ट प्रयोग गर्नुपर्ने हुन्छ ।
  •  मेकअप प्रडक्ट लामो समयसम्म प्रयोग गर्नुपर्ने हुन्छ । किनकि, यस्ता प्रडक्ट आवश्यकताअनुसार प्रयोग गरिन्छ । त्यसैले यसको एक्सपायर डेटबारे पनि राम्ररी जानकार भएर मात्र खरिद गर्न आवश्यक हुन्छ । एक–डेढ वर्ष पहिलेको मेकअप सामग्री खरिद गर्नुहुँदैन । किनकि, स्किनसँग लापरबाही गर्नुहुँदैन । 
  •  खासगरी नेपाली र इन्डियनको फेसियल स्ट्रक्चर, कलर उस्तै–उस्तै खालको हुन्छ । त्यसैले बढी मात्रामा इन्डियन प्रडक्टको प्रयोग गर्दा राम्रो हुन्छ । यद्यपि, गुणस्तरीय खालका नेपाली प्रडक्ट पनि राम्रा छन् । पश्चिमा मुलुकमा बनेका प्रायः प्रडक्ट गोरो छालाका लागि तयार पारिएको हुन्छ ।
  •  क्वालिटी प्रडक्ट हाई युज गर्दा स्किन लोटस, लेडलन, लोरेल, भिओभीलगायतका प्रडक्ट राम्रो क्वालिटीमा उपलब्ध हुन्छन् ।
  •  कतिपय मानिसले जाडो र गर्मीमा एकै प्रकृतिको मेकअप सामग्री प्रयोग गर्छन् । तर, यसो गर्दा छालामा प्रभावकारी प्रतिक्रिया नदेखिन सक्छ । जाडोमा छाला सुक्खा भएको हुन्छ भने गर्मीमा चिल्लो । जाडोमा मोस्चराइजरको बढी प्रयोग गर्नुपर्ने हुन्छ । गर्मीमा चाहिँ मोस्चराइजरको प्रयोग गरिँदैन । बरु स्किन टोनर प्रयोग गर्नुपर्छ । जाडो र गर्मी मौसमकै लागि भनेर छुट्टाछुट्टै खालका प्रडक्ट खरिद गर्न सकिन्छ ।