मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार ०७:५७:००
Read Time : < 1 मिनेट
सप्तरंग

एकतालाई अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार ०७:५७:००

भारतीय टिभी सिरियल तथा फिल्म निर्माता एकता कपुरलाई इन्टरटेनमेन्ट वल्र्डले वर्षको सबैभन्दा पावरफुल बिजनेस वुमनको अवार्ड दिएको छ । भारतको चर्चित बिजनेस म्यागेजिन फच्र्युन इन्डियाले उनलाई यस्तो अवार्ड दिएको हो । 

एकताले ट्विटरमार्फत म्यागेजिनलाई धन्यवाद दिएकीछिन् । एकता सन् १९९५ देखि मनोरञ्जन क्षेत्रमा सक्रिय छिन् ।  उनले आफ्नो प्रडक्सन हाउस बालाजी टेलिफिल्म्समार्फत ‘हम पाँच’, ‘क्योकि सास भी कभी वहु थी’, ‘कहानी घर–घर की’, ‘कसौटी जिन्दगी की’, कुमकुम भाग्य’लगायतका चर्चित सिरियल बनाएकी छिन् ।

त्यस्तै, बालाजी मोसन पिक्चर्सको ब्यानरमा उनले ‘क्योँकी मैँ झुठ नही बोलता’, ‘मिसन इस्तानबुल’, ‘वान्स अपन अ टाइम इन मुम्बई’, ‘उड्ता पन्जाब’, ‘ड्रिम गर्ल’लगायत फिल्म बनाइसकेकी छिन् । डिजिटल प्लेटफर्ममा अल्ट बालाजी ब्यानरमार्फत उनले धेरै वेब सिरिज बनाएकी छिन् ।