१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०९:५६:००
Read Time : > 2 मिनेट
सेयर बजार

त्रैमास अन्त्यको प्रभाव सेयर बजारमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०९:५६:००

साताको अन्तिम दिन नेप्से परिसूचक शून्य दशमलव १३ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । त्रैमास अन्त्य नजिकिँदै गएपछि बजारमा त्यसको प्रभाव पर्न थालेको छ । त्रैमास अन्त्यमा ब्याज तिर्न केही लगानीकर्ताले सेयर बिक्री गरिसकेका छन् । समग्र वातावरण पुँजीबजारमैत्री भएका कारण अब बजारले सकारात्मक दिशा लिने लगानीकर्ताको अपेक्षा रहेको छ ।

त्रैमासको अन्त्यसँगै सूचीकृत कम्पनीहरूले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्दछ । कम्पनीहरूले पुस मसान्तसम्ममा उल्लेख्य नाफा आर्जन गरेको लगानीकर्ताहरूको अनुमान छ । त्यसैले पनि, अब वित्तीय विवरण विश्लेषण गरी लगानी गर्ने उनीहरूको तयारी रहेको छ । यसका साथै कम्पनीहरूले गरेको लाभांश घोषणाले पनि बजार प्रभावित भइरहेको छ । 

 बजार सारांश
बिहीबार नेप्से परिसूचक १ दशमलव ४८ अंक बढेर १ हजार १ सय ८० दशमलव ८४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ३९ अंक बढेर २ सय ५० दशमलव ६५ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव १४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १५ अंक बढेको छ । यस दिन १ सय ६३ कम्पनीको ३ हजार ८ सय ७२ पटकको कारोबारमा ३६ करोड ६३ लाख २४ हजार १ सय ६४ रुपैयाँ बराबरको १३ लाख ८७ हजार ५ सय ९२ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ५० दशमलव ८७ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन १ दशमलव १७५ रहेको छ । यसले बजार बुलिस ट्रेन्डमा रहेको संकेत गर्दछ । यस दिन ६७ कम्पनीको सेयरमूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । बाँकी ३९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

 १० प्रतिशत बढ्यो सानिमा इक्विटी फन्ड
सानिमा इक्विटी फन्डको इकाइ मूल्य यस दिन १० प्रतिशत बढेको छ । सपोर्ट माइक्रोफाइनान्स र जेबिल्स फाइनान्सको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य यस दिन ५ दशमलव १० प्रतिशत घटेको छ । त्यसैगरी, पूर्णिमा विकास बैंकको सेयरमूल्य ३ दशमलव ७९ प्रतिशत घटेको छ । कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ ।

सो वाणिज्य बैंकको यस दिन ११ करोड ६३ लाख ९८ हजार रुपैयाँबराबरको ३ लाख ७९ हजार ४ सय ४६ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन कुमारी बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ सय ३१ पटक सेयर खरिद–बिक्री भएको छ । बैंकले ८ दशमलव ५० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेका कारण लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन् । 

 ७ समूह कमाउने, ४ गुमाउने
बिहीबार कारोबारमा आएका ११ समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ४ समूहको परिसूचक घटेको छ । यस दिन व्यापार समूहको परिसूचक १ दशमलव शून्य ५ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक शून्य दशमलव ४२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४१ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ३९ प्रतिशत, वाणिज्य बैंक र अन्य समूहको शून्य दशमलव १६ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव १ प्रतिशत बढेको छ । 

यस दिन विकास बैंक समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव २६ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव २ प्रतिशत र होटेल समूहको शून्य दशमलव १ प्रतिशत घटेको छ ।

लक्ष्मीको लाभांश
लक्ष्मी बैंक लिमिटेडले ८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस २५ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले ८ दशमलव ५० प्रतिशत बोनस सेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् सो लाभांश वितरण गरिनेछ । 

कुमारीको बोनस सेयर
कुमारी बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । पुस २५ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले विभिन्न चारवटा वित्तीय संस्थाहरूलाई प्राप्त गरी २०७४ असार १६ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । सो मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीहरूलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्थाबमोजिम बोनस सेयरको कर प्रयोजनको लागि बैंकले नगद लाभांशको व्यवस्था गरेको छैन । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार ९ सय ७३ रुपैयाँ रहेको छ । 

कैलाशको नगद लाभांश वितरण
कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गर्ने भएको छ । कम्पनीले पुस ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरूको बैंक खातामा सो लाभांश जम्मा गर्ने व्यवस्था गरेको हो । हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीलाई कम्पनीले शीघ्र सेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।