१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका टीकापुर
२०७६ कार्तिक २४ आइतबार ११:५४:००
Read Time : < 1 मिनेट
प्रदेश

मुख्यमन्त्री भट्टद्वारा लम्कीमा  बसपार्क शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका टीकापुर
२०७६ कार्तिक २४ आइतबार ११:५४:००

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा बसपार्कको शिलान्यास गरेका छन् ।  शनिबार एक कार्यक्रमबीच बसपार्कको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले यसले लम्की क्षेत्रका बासिन्दालाई सहज हुने बताए । लम्की बसपार्क एक वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको छ । दुई करोड २४ लाखमा लम्कीचुहा नगरपालिकाले बसपार्क निर्माण गर्न लागेको हो । १९ कठ्ठा क्षेत्रमा निर्माण हुने बसपार्कमा ५० वटा बस पार्किङ गर्न सकिने जनाइएको छ । 

यस्तै, मुख्यमन्त्री भट्टले लम्कीचुहा–३ बलचौरमा छाडा गाईगोरु व्यवस्थापनका लागि निर्माण गरिएको गौशालाको उद्घाटन गरेका छन् । गौशालाबाट प्रांगारिक मल उत्पादनका साथै गहुँत प्रशोधन गरिने जनाइएको छ । करिब २५ हेक्टर क्षेत्रफलमा फैलिएको गौशालामा करिब चार सय गाईगोरु रहेका छन् । यसमा करिब एक हजार गाईगोरु राख्ने योजना रहेको जनाइएको छ । 

शनिबार नै मुख्यमन्त्री भट्टले कैलाशधाम तीर्थस्थलको विकासका गौ संरक्षणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा प्रदेशस्तरीय धार्मिक महोत्सव ०७६ को पनि उद्घाटन गरेका छन् ।