१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २४ आइतबार ०७:५०:००
Read Time : < 1 मिनेट
अर्थ

साओमीको सर्भिस सेन्टर नारायणघाटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २४ आइतबार ०७:५०:००

साओमी ग्लोबल टेक्नोलोजी लिडरले चितवनको नारायणघाटमा पाँचौँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौं, नेपालगन्ज र इटहरीमा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् । साओमीले आधिकारिक सर्भिस सेन्टर विस्तार गरेर गुणस्तरीय सेवा विस्तार गरेको जनाएको छ । 

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘साओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पु-याउन केन्द्रित छौँ । साओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरूको उत्तम कार्यान्वयन गर्न जारी राख्छौँ ।’

उनले नवीनतम प्रयासहरूले नेपाली ग्राहकको मन जित्न सफल हुने उनले बताए । यी सर्भिस सेन्टरहरू सञ्चालनमा आएसँगै नेपालका प्रयोगकर्तामा आधिकारिक उत्पादनहरूको प्रयोग बढेको छ ।