मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
निरुता सिंह
२०७६ कार्तिक २४ आइतबार ०७:३४:००
Read Time : > 1 मिनेट
सप्तरंग

मुम्बईमा वास, मनमा नेपाल

सिने संवाद

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २४ आइतबार ०७:३४:००

एक सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेकी छु । ११ वर्षयता भारत मुम्बईको लोखन्डवालामा बस्दै आएकी छु । त्यहाँ प्रोडक्सन हाउसको सल्लाहकारको भूमिकामा छु । म्युजिक भिडियो निर्माणका क्रममा पनि सल्लाह दिने गरेकी छु ।

काठमाडौं छाडेपछि बलिउडका स्टार, सुपर स्टारहरू बस्ने ठाउँ नै रोजेँ । अहिले धार्मिक टेलीशृंखला ‘हनुमान चालिसा’को काममा छु । त्यसका लागि कथा तयार पारिरहेकी छु । त्यसमा पनि मेरो भूमिका सल्लाहकारकै हो । दसैँको नवरात्रिदेखि त्यो टेलीशृंखलाको सुटिङ थाल्ने योजना थियो । तर, चाडबाडका कारण केही ढिलाइ भएको छ ।

मुम्बई बसे पनि मेरो मनमा नेपाल र नेपाली चलचित्र उद्योग नै छ । मलाई कलाकारको परिचय नेपाली फिल्म उद्योगले नै दिएको हो । त्यसैले नेपाली फिल्म उद्योग र दर्शकलाई कहिल्यै भुल्न सक्दिनँ । अवसर आयो भने जहिले पनि नेपाल आएर नेपाली फिल्ममा अभिनय गर्न तयार छु । मुम्बई–काठमाडौं आउजाउ गरिरहेकै हुन्छु । भविष्यमा फिल्म निर्देशकको भूमिकामा आउने योजनामा छु । म नेपाली कलाकार हुँ र मुम्बईमा पनि नेपाली चलचित्र उद्योगको सान बढाउने मुख्य ध्येय हुने गर्छ ।

मुम्बई बसे पनि नेपाली फिल्म उद्योग र दर्शकलाई कहिल्यै भुल्न सक्दिनँ । अवसर आयो भने जहिले पनि नेपाल आएर नेपाली फिल्ममा अभिनय गर्न तयार छु । किनभने, म नेपाली कलाकार हुँ ।

नेपाली चलचित्रमा सक्रिय रहँदा मेरो नृत्यलाई दर्शकले मन पराउनुभएको थियो । नृत्य मेरो रुचिको विषय पनि हो । कलाकार भएपछि अभिनयका सबै विधामा पारंगत हुनुपर्छ । मिठो गीत÷संगीत र नृत्य रहेका नेपाली चलचित्र दर्शकको रोजाइमा परेका उदाहरण प्रशस्त छन् । मुम्बईमा रहँदा आफूलाई फिट राख्ने मेरो प्रयास निरन्तर छ । नियमित मर्निङवाक, शारीरिक व्यायाम र शाकाहारी भोजनले सकारात्मक सोचको विकास गराउने रहेछ । नृत्य पनि शारीरिक व्यायामको एक माध्यम हो ।

अहिले नेपाली चलचित्रमा नयाँ पुस्ताका अभिनेत्रीहरूले राम्रो गरिरहेका छन् । उनीहरूको अभिनय देख्दा खुसी लाग्छ । नेपाली चलचित्र उद्योगले मुख्य चरित्रमा अभिनय गर्न सक्ने अभिनेत्रीको अभाव झेल्नुपरेको छैन ।

 नेपाली चलचित्रका नयाँ पुस्ताका अभिनेत्रीहरूले राम्रो गरिरहेका छन् । उनीहरूको अभिनय देख्दा खुसी लाग्छ । नेपाली चलचित्र उद्योगले मुख्य चरित्रमा अभिनय गर्न सक्ने अभिनेत्रीको अभाव झेल्नुपरेको छैन ।

निर्माता/निर्देशक तुलसी घिमिरे मेरो फिल्मी करिअरको भगवान् नै हुनुहुन्छ । उहाँले नै नेपाली फिल्ममा ब्रेक दिनुभयो र करिअर अगाडि बढाइदिनुभयो । उहाँको ब्यानरबाट बाहिर गएर धेरै चलचित्रमा अभिनय गरेँ । तर, उहाँले दिनुभएको मार्गनिर्देशन कहिल्यै भुलिनँ । उहाँले कुनै फिल्म बनाएर अभिनयका लागि अफर दिनुभयो भने जहिल्यै तयार छु ।

नेपालमा पहिलोपटक भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । भविष्यमा पनि यस्ता महोत्सव भइरहनुपर्छ । कलाकारहरूको आपसी सम्बन्ध मजबुत बनाउन मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा उनीहरूको ‘एक्स्पोजर’का लागि पनि यस्ता महोत्सवको भूमिका रहने गर्छ ।