मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ कार्तिक २३ शनिबार १९:३९:००
Read Time : < 1 मिनेट
समाचार

सरकारको प्रतिक्रिया कायरताको पराकाष्ठा : सचिव सुवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ कार्तिक २३ शनिबार १९:३९:००

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवम् सांसद प्रेम सुवालले नेपाल भूमि भारतीय नक्सामा रहेको विषयमा सरकारी प्रतिक्रियामा कायरता झल्किएको बताएका छन् । ‘नेपालका कालापानी र लिपुलेक भारतीय नक्सामा रहेकाबारे सरकारले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा कायरताको पराकाष्ठा झल्किन्छ,’ उनले भने । 

भक्तपुर नगरपालिकाले गरेको नगरस्तरीय विद्यालय खेलकुद प्रतियोगिताको समापन गर्दै नेता सुवालले नेपाली भूमि भारतको हुने गरी निकालेको उक्त नक्सा अमान्य भएको र नक्सा खारेजीको निम्ति सबै नेपालीले लड्नेबेला आएको बताए । उनले नेमकिपाले भारतीय विस्तारवादको सधै विरोध गर्दै आएको बताए । 

नेता सुवालले ०२२ सालमा भारतीय विस्तारवादले नेपालको सुस्ता क्षेत्रमा अतिक्रमण गरेको बेलापनि नेमकिपाले विरोध गरेको बताए । ‘भारतीय विस्तारवादको नेमकिपाले सधै विरोध गर्दै आएको छ, भारतको यो कदमले नेपालको सार्वभौमिकतामाथि नै चोट पुगेको छ,’ उनले भने ।