मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २३ शनिबार १७:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाली भूमि भारतले मिचेसँगै राष्ट्रिय धारणा बनाउन सर्वदलीय बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २३ शनिबार १७:२७:००

भारतले जारी गरेकाे नयाँ नक्सामा नेपाली भूमि मिचेकाेबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले शनिबार बाेलाएकाे सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा भारतसँग उत्पन्न भएकाे सीमा विवाद बारेमा छलफल हुनेछ । 

बैठकमा सत्तारूढ दलसहित प्रतिपक्षी दलका शीर्ष नेताहरू, सीमा विज्ञहरूलगायत सहभागी भएकाे प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकले सीमा विवादबारे सामूहिक धारणा तय गरी राष्ट्रिय एजेण्डा के हुने ? भन्ने निचाेड निकाल्ने छ । साेही एजेण्डामार्फत नेपाल सरकारले भारतसँग कुरा गर्ने तय भएकाे छ ।

भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचिएकाे देखाएकाे छ । सीमा मिचिएसँगै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका युवा संगठनहरूले संयुक्त आन्दोलन गर्दै आइरहेकाे छ । यसैक्रममा सरकारले सर्वदलीय बैठक राखेकाे हो ।

बैठकमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधनवकुमार नेपाल,  सीमाविद् भैरव रिसाललगायत सदस्यहरू सहभागी रहेका छन् ।