१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २३ शनिबार १६:४२:००
Read Time : < 1 मिनेट
समाचार

बङ्गलादेशका राष्ट्रपति मङ्गलबार नेपाल आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २३ शनिबार १६:४२:००

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार नेपाल भ्रमणमा रहने भएका छन् । राष्ट्रपति हदिम २६ देखि २९ कार्तिकसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमणमा आउने भएका हुन् । 

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा राजकीय  भोज आयोजना गर्ने कार्यक्रम रहेको छ । 
बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति हदिमसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । 

नेपाल बसाइको समयमा बङ्गलादेशका विशिष्ट अतिथिहरूले पोखराका साथै काठमाडौँ उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्नेछन् । रासस