१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक २३ शनिबार ०९:५९:००
Read Time : < 1 मिनेट
साहित्य

घिमिरे र भण्डारीलाई दधिराज पुरस्कार 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २३ शनिबार ०९:५९:००

आगामी फागुनमा प्रदान गरिने ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०७६’ कवि डा. विष्णुविभु घिमिरे र २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार ०७६’ पत्रकार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । 

कवि घिमिरेले चार दशकदेखि नेपाल साहित्यमा योगदान पुर्‍याएको र पत्रकार भण्डारीले नेपाली पत्रकारितमा तीन दशकदेखि पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले जनाएको छ । 

साहित्यकार घिमिरेका कठघरामा उभिएर (कविता ), काँडाकाँडामा टेकेर (कविता), सडक नाटकका पाँच वर्ष (समीक्षा)संग्रहलगायत प्रकाशित छन् । उनी सुरुचि, गरिमा, विमोचनजस्ता पत्रिकाका सम्पादकसमेत भइसकेका छन्  । पत्रकार भण्डारी विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकका प्रधानसम्पादक हुन् । 

यसअघि यो पुरस्कार साहित्यकार, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल र पत्रकारत्रय हरिबहादुर थापा, शिवबहादुर कार्की र किशोर नेपाललाई प्रदान गरिएको थियो । समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले राखेको १५ लाख अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।