Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २२ शुक्रबार २०:४४:००
Read Time : < 1 मिनेट
समाचार

कान्ति बाल अस्पताललाई अक्सिजन 'प्लान्ट' जडानमा सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २२ शुक्रबार २०:४४:००

काठमाडौं महानगरपालिकाले विरामीका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न कान्ति बाल अस्पताललाई अक्सिजन प्लाण्ट जडान गर्न सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा डा आरपी विच्छाबीच आर्थिक सहयोग गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौं क्षेत्र नम्बर-५ का सांसदसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री र प्रदेश सांसद दीपक निरौलाको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा हस्ताक्षर गरेपछि मेयर शाक्यले नगरसभाबाट दुई करोड विनियोजन गरेको भन्दै खरिद प्रक्रिया अघि बढाउन आग्रह गरे । उनले भने, ‘पैसा अनुसारको योजना बनाउनु भयो भने त्यो कमसल हुने र उपयोगी नहुने हुनसक्छ । कमसल सामान भयो भने पटक–पटक मर्मत गर्नु पर्ने हुन्छ । त्यसमा ख्याल गर्नुहोला ।’

यस्तै, निर्देशक विच्छाले अक्सिजनमा मात्रै वार्षिक करिब ६३ लाख खर्च हुने गरेको बताएका थिए । उनकाे धारणामा मेयर शाक्यले सम्झौताअनुसार काम भए अस्पताललाई आर्थिक भार कम हुने प्रतिउत्तर दिएका थिए । ‘महानगरले गरेको सहयोग फिर्ता लिनका लागि होइन,’ शाक्यले भने, ‘अस्पतालमा गरिब र निमुखा जनताले सुलभ सेवा दिने वातावरण बनाउनु थप सहयोग गर्छौँ ।’

मन्त्री पोख्रेलले आफू यही क्षेत्रको प्रतिनिधि भएकाले अस्पताललाई पर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताए । अस्पतालका निर्देशक विच्छाकाे धारणालाई मन्त्री पोख्रेलले समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।