१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार १९:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आलम प्रकरण : बयानमा श्रीमानकाे हत्या, अदालतमा विदेश गएको निवेदन 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार १९:५७:००

पूर्वमन्त्री एवं सांसद अफताव आलमविरुद्ध थुनछेक बहस जारी रहेकै बेला इँटा भट्टामा जिउँदै जलाइएको भनिएका ओसी अख्तरकी श्रीमती अमना खातुनले आफ्नो श्रीमान विदेशमा रहेको भन्दै रौतहट जिल्ला अदालतमा निवेदन दिएकी छन् । उनले २८ वैशाख २०६५ सालमै आलमको घरमा बम बनाउन लगिएका श्रीमानको विष्फोटमा परेर मृत्यु भएको बयान दिएकी थिइन । अमानाले बिहीबार अदालतमा बयान फेर्दै अर्काे निवेदन दिएकी हुन् ।

जिल्ला अदालतका श्रेस्तेदार गुणराज लोहनीले अमानाले निवेदन दिए पनि दर्ता भने नभएको बताए । अख्तरकी आमा रोक्साना खातुनले दुवईमा मजदुरी गरी विदामा आएको छोरालाई अफताव आलमको चुनाव प्रचारमा लगेको र वम विष्फोटमा मारिएको भन्दै १८ वैशाख २०६५ मा किटानी जाहेरी दिएकी थिइन । रोक्सानाको पछि हत्या भएको थियो ।