१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका लमजुङ
२०७६ कार्तिक २२ शुक्रबार १८:५६:००
Read Time : < 1 मिनेट
समाचार

जुवाखालबाट वडाध्यक्षसहित २८ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका लमजुङ
२०७६ कार्तिक २२ शुक्रबार १८:५६:००

लमजुङ प्रहरीले कौडा खेल्दै गरेको अवस्थामा वडाध्यक्षसहित २८ जनालाई पक्राउ गरेको छ । राइनास नगरपालिका-७ का वडाध्यक्ष माधव पराजुलीसहित २८ जनालाई गरमबेसी पाँच भाइ चौतारा गणेश गुरुङको घरबाट कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेकाे हाे ।

डिएसपी रविन्द्रमान गुरुङले गोप्य सूचनाको आधारमा २८ जनालाई पक्राउ गरिएको हाे । उनीहरुको साथबाट करिब एक लाख ७१ हजार रुपैयाँ बरामद गरिएको उनले बताए । उनका अनुसार उनीहरुको साथबाट ३२ थान कोडासमेत बरामद गरिएको छ । 

प्रहरीका अनुसार उनीहरु कोही खेल्दै गरेका र कोही हेर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरु सबैलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरीले बताएको छ । बिहीबार राति १२ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।