१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार १७:४६:००
Read Time : < 1 मिनेट
समाचार

पूर्वमन्त्री आलमको मुद्दामा आज पनि थुनछेक बहस सकिएन, आइतबार बहस हुने 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार १७:४६:००

पूर्वमन्त्री एवं सांसद अफताव आलमविरुद्धको कर्तव्य ज्यानलगायतको मुद्दामा शुक्रबार पनि थुनछेक बहस सकिएन । बिहीबारदेखि उनीविरुद्धको मुद्दामा थुनछेक बहस जारी छ ।

सरकार र पीडितका कानुन व्यावसायीले शुक्रबार बहस गरेका थिए । आलमका कानुन व्यावसायीको बहस बाँकी छ । अर्को बहस आइतबार हुने भएको छ । आलमविरुद्धको मुद्दामा रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा भइरहेको छ ।

दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि आलमलाई थुनामा राख्ने, धरौटी माग्ने वा साधारण तारेखमा राखि मुद्दाको पूर्पक्ष गर्ने भन्ने अदालतले आदेश दिनेछ ।