मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २२ शुक्रबार १७:०९:००
Read Time : > 2 मिनेट
विश्व

हिंसाका कारण चुनावी मैदान छाड्दै बेलायती महिला सांसद ! 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २२ शुक्रबार १७:०९:००

बेलायतमा आगामी डिसेम्बर १२ मा आम निर्वाचन हुँदैछ । बेलायतको तल्लो सदन अर्थात हाउस अफ कमन्सका लागि कूल ६ सय ५० जना सदस्यका लागि आम निर्वाचन हुन लागेकाे हाे ।

ब्रेक्जिटको विषय जटिल बन्दै गएपछि चुनावकाे निर्धारित समयभन्दा दुई वर्ष अगावै निर्वाचन हुने भएकाे हाे । यसअघि सन् २०२२ का लागि आम निर्वाचनको घोषणा भएको थियो । 
चुनावको मिति नजिकै गर्दा बेलायती महिला सांसदहरुले भने निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । अहिलेसम्म ५७ जना सांसदले आम निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । जसमा १८ जना महिला छन् ।

यसअघि सन् २०१० मा १ सय ४९ सांसद र १९९७ मा १ सय १७ सांसदले चुनावमा नलड्ने घोषणा गरेका थिए । तर, अघिल्ला निर्वाचनको तुलनामा चुनावी मैदानमा सहभागी नहुने घोषणा गर्ने महिलाको संख्या भने यस पटक बढी रहेकाे छ । 

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्ने क्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु सामान्य जस्तै भएको छ । ‘अ हिस्ट्री अफ वुमेन इन पार्लियामेन्ट’ पुस्तक लेख्ने लेबर पार्टीकी सांसद रेचल रिभ्स भन्छिन्, ‘पहिलो महिला सांसद नेन्सी एस्टरले पुरुष सांसदबीच निकै संघर्षपछि स्थान बनाएकी थिइन ।’

युकेको संस्कृति सचिव निक्की मार्गनलाई पनि यस्ता धेरै धम्की आउने गरेका छन् । उनलाई ६४ वर्षीय रोबर्ट विल्डरले फोनमा धम्की दिँदै भने ‘अब उनको गन्न सकिने दिन बचेका छन् ।’ ती व्यक्तिलाई १८ हप्ताको जेल सजाय सुनाइयो । निक्की भन्छिन्, ‘आफू सांसद हुँदा परिवार पूर्ण रुपमा प्रभावित हुन्छ । पछिल्लो एक दशकमा मानिसहरुमाथि हुने अभद्र टिप्पणीको श्रृङखला बढेको छ । किनकी अहिले देशमा ब्रेग्जिटमाथि बहस भइरहेको छ, राजनीतिको वर्तमान परिदृश्य एउटा विशेष कारण पनि हो ।’

यस्तै, लिबेरल डेमोक्रेट र पूर्व टोरी सांसद हेडी एलेनले पनि चुनाव नलड्ने बताएकी छन् । उनले आफूलाई पनि ज्यान मार्ने धम्की आएको बताएकी छन् । ब्रेग्जिटको विषयमा ५१ वर्षीय व्यक्तिको एक फेक इमेल आइडीबाट उनलाई यस्तो धम्की आएको थियो । तर यी व्यक्तिलाई पछि ४२ हप्ताको जेल सजाय सुनाइएको थियो । एलेनलले आफ्नो चुनाव क्षेत्रका मानिसलाई लेखेको पत्रमा भनिएको छ ‘कुनै पनि काममा कसैलाई पनि धम्की दिनु, डराउने इमेल पठाउनु र सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नुहुँदैन । यसको असर निकै चिन्ताजनक र अमानवीय हुन्छ ।’

बेलायतमा ब्रेग्जिटका विपक्षीले मात्र होइन पक्षधर सांसदहरुले पनि यस्तो अवस्था भोगेका छन् । टोरी नेता र ब्रेग्जिटका पक्षधर एन्ड्रिय जेनकिन्सले यो समस्यामा परेकी छन् । उनले धम्की मात्रै होइन आफ्नो निर्वाचन क्षेत्रको कार्यालयमा आत्महत्याको सांकेतिक चित्र पनि बनाएका थिए । उनलाई योबाहेक अरु धेरै टिप्पणी पनि गरिएको थियो । तर, उनले हार मानेकी छैनन् र यो चुनावमा सहभागी हुने निर्णय लिएकी छन् ।

लिबेरल डेमोक्रेटिक सांसद सारा वोलास्टनले कन्जर्भेटिभ पार्टी छोडेपछि प्रहरीले उनलाई आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक अन्र्तक्रिया र प्रचारप्रसार नगर्न सुझाव दिएको छ । एमनेस्टी इन्टरनेशनलले गरेको एक अध्ययनअनुसार महिला सांसदमाथि हुने अभद्र टिप्पणीमा सबैभन्दा धेरै शिकार स्याडो होम सेक्रेटरी डिएन एबट रहेकी छन् । यी टिप्पणीको ५० प्रतिशत भाग उनको ट्विटमा भेटिन्छ । यसका बावजुद पनि उनी आउने चुनावमा आफ्नो पार्टीको दमदार आवाज बन्ने छिन् ।

टोरी अध्यक्ष जेम्स क्लेवर्लीले एक ट्विटलाई रिट्वीट गर्दै चुनावमा नलड्ने निर्णय गर्ने महिला सांसद ३२ प्रतिशत रहेको जानकारी गराएका छन् । ब्रिटेनी संसदको तल्लो सदन हाउस अफ कमन्स छोड्ने पुरुष सांसदको औसत उमेर ६३ वर्ष छ । यसमा महिलाको उमेर ५९ वर्षकाे रहेको छ । ब्रेग्जिटको विपक्षमा मत दिएका ८९ प्रतिशत सांसदले आसन्न निर्वाचनमा भाग नलिने घोषणा गरिएको विषयलाई भने महत्वपूर्णका साथ हेरिएको छ । एजेन्सी