मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सञ्जय गुप्ता, होस्ट, पल्सर डेयर भेन्चर
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २२ शुक्रबार १३:५५:००
Read Time : > 1 मिनेट
अर्थ

'पल्सर डेयर भेन्चर' विदेशी फ्रेन्चाइज सो भन्दा धेरै राम्रो छ : सञ्जय गुप्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २२ शुक्रबार १३:५५:००

१३ वर्षअघि मेरोबाइक डटकममा काम गर्दा बाइकको सोख पलायो । त्यसवेला दुई वर्ष साइटमा काम गरेँ । यो बाइक राइडरको फोरम पनि थियो, त्यसैले बाइकको धेरै जानकारी हुन्थ्यो । वेला–वेला राइडरको गेट–टुगेदर पनि चलिरहन्थ्यो ।

म टेलिभिजन र रेडियोमा काम गर्थेँ । यही क्रममा एचएच बजाजसँग जोडिन आइपुगेँ । म पल्सर डेयर भेन्चरको पहिलो संस्करणमा थिइनँ । तर, टिभीमा सोचाहिँ हेरेको थिएँ । दोस्रो संस्करणमा होस्टको भूमिका निभाउन पाएँ । रोबिन दाइसँग पहिल्यै चिनजान थियो, त्यसैले काम गर्न पनि सजिलो भयो ।

बजाजले दोस्रो संस्करण सोलुखुम्बुमा गरेको थियो । सोलुको यात्रा गाह्रो थियो । त्यत्तिको ठाउँमा कहिल्यै पुगेको थिइनँ । तेस्रो सिजनमा मनाङ गएँ । मनाङ पहिल्यै ट्रेकिङ गएको थिएँ, तर पछि गाडीमा जाँदा निकै गाह्रो भयो । हामी गाडीमा जाँदा त त्यति गाह्रो भएको थियो, राइडर बाइक लिएर कसरी पुगे होलान् ? 

चौथो संस्करण लदाखमा गर्ने भनेपछि निकै हौसिएँ । परिवारमा कुरा गर्दा पनि छक्क परे, नेपाली रियालिटी सो लदाखमा हुने भनेर । नेपालबाहिरको लोकेसनमा नेपाली रियालिटी सो सुटिङ भएकै छैन । त्यो पनि बाइकको । ‘नेपालबाहिर काम गर्न कत्तिको सकिएला ? अझ अल्टिच्युडमा काम गर्नुपर्ने भनेर मनमा कुरा खेले । 

म दाबीका साथ भन्छु, पल्सर डेयर भेन्चरको चौथो संस्करण जुन लेबलमा सोचेर डिजाइन गरिएको छ, त्यति मिहिनेत र लेबल अफ थिङकिङ कुनै पनि नेपाली टेलिभिजन सोमा लगाइएको छैन । फिल्ममा लगाइयो होला, त्यो छुट्टै भयो ।

नेपालका धेरै रियालिटी सोमा विदेशी फम्र्याट छन् । पल्सर डेयर भेन्चर नेपालीपनको फम्र्याट हो । तर, यो कार्यक्रम नेपालमै बिउ रोपेर उब्जाइएको कार्यक्रम हो । विदेशी फ्रेन्चाइज सोहरूभन्दा धेरै राम्रो छ, पल्सर डेयर भेन्चर । नेपाली बाइक राइडरलाई एक्स्पोजर दिइरहेको छ । चौथो संस्करणमा नेपाली कन्सेप्टलाई विदेशी भूमिमा गएर सुटिङ गरिएको मात्र हो ।

लदाख यात्रा स्मरणीय र एडभेन्चरस रह्यो । लदाख यात्रामा दुईवटा पास एकदमै याद आउँछन्, ताङ्लाङ्ला र खारदुङ्ला । पहिलो पास थियो, ५३ सय ६० मिटरको ताङ्लाङ्ला । यो विश्वकै दोस्रो हाइएस्ट मोटरेबल पास थियो । त्यहाँ पुग्दा साँझ ६ बज्न लागेको थियो । हावा चलेर निकै चिसो थियो । विश्वकै अग्लो मोटरेबल पास खारदुङ्ला (५४८० मि.) पास पुग्दा मलाई लेक नै लाग्यो । उचाइमा पुग्दा दौडिन हुँदैनथ्यो । म दौडिँदै भुइँमा खसेको क्यामेराको कभर टिपेर गाडीमा बस्नासाथ दुईवटा आँखा नै निस्केलाजस्तो भयो । 

म दाबीका साथ भन्छु, पल्सर डेयर भेन्चरको चौथो संस्करण जुन लेबलमा सोचेर डिजाइन गरिएको छ, त्यति मिहिनेत र लेबल अफ थिङकिङ कुनै पनि नेपाली टेलिभिजन सोमा लगाइएको छैन । फिल्ममा लगाइयो होला, त्यो छुट्टै भयो ।

हामी सुरुमा ऋषिकेश पुग्यौँ । ऋषिकेश योगा र मेडिटेसनको विश्वकै राजधानी हो । म आफैँ पनि योगा गर्छु । चण्डीगढ पुगेर पन्जाबी खाना खाइयो । अनि मनाली पुगियो । मनाली निकै सुन्दर ठाउँ थियो । 

अनि लदाखको ले पुगियो । हामीले यात्रा गर्दै बीचबीचमा टास्क गर्दै अगाडि बढ्यौँ । प्रतियोगी राइडरलाई धेरै नै गाह्रो भयो । उनीहरूले दिनको ६–८ घन्टा बाइक चलाउनुपथ्र्यो । कति ठाउँमा त रातभरि नै बाइक कुदाएका पनि छन् । उनीहरूले आराम गर्न नपाउँदै टास्क गर्नुपथ्र्यो ।

यसपटक महिलाले उत्कृष्ट पदर्शन गरे । त्यो हेर्न दर्शकले कार्यक्रम कुर्नैपर्छ । प्रतियोगीले नेपाली झन्डा राखेर बाइक कुदाउँदा धेरैको ध्यान खिचेको थियो । उनीहरूले ठाउँ–ठाउँमा नेपालको प्रमोसन गरेका थिए । यो कार्यक्रमको भ्रमण वर्ष २०२० को प्रचार–प्रसारमा पनि महत्वपूर्ण योगदान रहनेछ ।

(गुप्ता रेडियो/टिभी पर्सनालिटी हुन् ।)

प्रस्तुती : नबिन अर्याल