मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार १२:४५:००
Read Time : < 1 मिनेट
खेलकुद

बेलबारीमा अन्तराष्ट्रिय स्तरको कराते प्रतियोगिता हुने 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार १२:४५:००

मोरङको बेलबारीमा नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । ६ देखि ८ मंसिरसम्म संचालन हुने प्रतियोगितामा ८ देशका खेलाडीहरुको सहभागिता रहने आयोजक बेलबारी नगर सितोरियो कराते संघले शुक्रबार पत्रकार सम्मलेन गरी जनाएको छ । 

प्रतियोगिताको उपाधिका लागि नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, मलेसिया र इराकका खेलाडीबीच ८५ स्वर्ण, ८५ रजत र १७० कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । बिजेताले १ लाख, उप–बिजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ६ सय खेलाडीको सहभागिता रहने नगर सितोरियो कराते संघका सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिइन् ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर वाह्य देशका पर्यटकलाई खेलको माध्यमबाट प्रचार प्रसार गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको नगर सितोरियो कराते संघका अध्यक्ष सन्जय सुवेदीले बताए । मञ्च व्यवस्थापन, अतिथि सत्कार, आवास व्यवस्थापन, लेखा, प्राविधिक, प्रचारप्रशार र स्वयंसेवक व्यवस्थापन समिति निर्माण गरेर प्रतियोगिताको तयारी भइरहेको जनाइएको  छ ।