Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार १०:४३:००
Read Time : < 1 मिनेट
समाचार

पाँच दिनदेखि हराएका  व्यक्ति मृत फेला

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार १०:४३:००

प्युठानमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । १६ कात्तिकदेखि परिवारको सम्पर्कमा नआएका स्वर्गद्वारी नगरपालिका–६ बेल्वास निवासी गुरुप्रसाद कालाथोकी पाँच दिनपछि बिहीबार मृत फेला परेका हुन् ।

७४ वर्षीय कालाथोकी बिहीबार माण्डवी गाउँपालिका–३ जोइटोलाको माडी खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

कालाथोकीको शवलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो शवलाई जिल्ला अस्पताल प्युठानमा पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक जिसीले बताए ।