• ePaper
  • वि.सं २०७५ माघ ७ सोमबार
  • Monday, 21 January, 2019
  • Archive

अमेरिकी कम्पनीलाई चिनियाँ बजार किन ?

चीन र अमेरिकाबीचको व्यापार युद्ध अन्त्य भएर दुई देशको व्यापार सम्बन्ध सामान्य बन्दा चीन र अमेरिका दुवैलाई लाभ मिल्छ । व्यपार युद्धबाट चिनियाँ बजारमा पकड बनाएका ठूला अमेरिकी कम्पनीको व्यापारमा भारी गिरावट आएको छ । यस्तोमा अमेरिकी प्रविधि कम्पनी एप्पललाई व्यापार युद्धले ठूलो असर गरेको छ । एप्पलका सिइओ टिम कुलले हालै सार्वजनिक गरेको एक प्रक्षेपणअनुसार चीनमा एप्पलका उत्पादनको बिक्रीमा लगातार गिरावट आइरहेको छ ।

अमेरिकी कम्पनीका लागि चिनियाँ बजार कति महत्वपूर्ण छ भन्ने वास्तविकतालाई एप्पलको खस्कँदो बिक्रीले प्रस्ट पारेको छ । साथै, ट्रम्पको संरक्षणवादका कारण अमेरिकी अर्थतन्त्रमाथि आउन सक्ने खतरालाई समेत उजागर गरेको छ । अर्को वास्तविकता के हो भने एप्पलले चीनमा अमेरिकाको निर्यात तथ्यांकमा देखिएकोभन्दा बढी आइफोन र आइप्याड बिक्री गर्दै आएको छ । यसैगरी, अमेरिकी कम्पनी जनरल मोटर्सले अमेरिकी निर्यात तथ्यांकमा देखिएकोभन्दा बढी कार चीनमा बिक्री गर्छ । 

यथार्थमा, अमेरिका र क्यानडामा यो कार बिक्री हुने कुल संख्याभन्दा बढी कार चीनमा हुने गरेको छ । धेरै कम्पनीले झैँ एप्पल र जनरल मोटर्सले चीनमै उत्पादन गरेर सीधै चिनियाँ उपभोक्तालाई आफ्ना उत्पादन बिक्री गर्ने हुँदा अमेरिकी सरकारी तथ्यांकमा भन्दा बढी बिक्री हुने गरेको छ । तर, एकदमै कम मात्र चिनियाँ कम्पनी अमेरिकामा सञ्चालित भएर प्रत्यक्ष रूपमा आफ्ना उत्पादन अमेरिकी बजारमा बेच्ने गर्छन् । 

चीनबाट सस्तो मूल्यमा आयात हुने वस्तुले रोजगारी सिर्जना गर्न  सहयोग गरेर अमेरिकी व्यापारलाई समेत फाइदा पु-याएको छ । 

विगत केही वर्षयता धेरै अमेरिकी कम्पनीहरू चिनियाँ भूमिमा सञ्चालित भएका कारण द्विपक्षीय व्यापार तथ्यांकले अमेरिकी अर्थतन्त्रका लागि चिनियाँ बजारको वास्तविक महŒव पूर्ण रूपमा झल्काउन सकेको छैन । सन् २००० देखि २०१८ सम्म आइपुग्दा चीनलक्षित अमेरिकी निर्यात ५३० प्रतिशतले बढेको छ । चीन सन् २००१ मा विश्व व्यापार संगठन (डब्ल्युटिओ)को सदस्य बनेपछि प्रत्यक्ष नतिजा हो यो ।

चीन डब्ल्युटिओ सदस्य बन्नुअघि अमेरिकी निर्यातमा लाग्ने ३० प्रतिशत कर घटेर अहिले ६ प्रतिशतभन्दा कममा कायम छ । व्यापार उदारीकरण र बजारमैत्री सुधार योजनाका साथ चीनको कुल गार्हस्थ उत्पादनमा आएको वृद्धिले चिनियाँ सामग्रीको निर्यात बढ्यो । विगत ४० वर्षयता व्यापार अवरोध हटाउन तथा बजारमैत्री सुधार योजना ल्याउने मामिलामा चीनले भूमिका खेलेको छैन । चीनको बजारकेन्द्रित सुधार योजनाले घरेलु तथा विदेशी उद्यमी तथा निजी क्षेत्रका उद्योग सञ्चालन हुने वातावरण प्रदान ग-यो । 

चीनबाट सस्तो मूल्यमा आयात हुने वस्तुले अमेरिकी उपभोक्ता (विशेषतः न्यून र मध्यम आय हुने परिवार) लाई मात्र राहत दिएको छैन, रोजगारी सिर्जना गर्न सहयोग गरेर अमेरिकी व्यापारलाई समेत फाइदा पु-याएको छ । यसर्थ, द्विपक्षीय व्यापार सम्बन्ध समान्य हुँदा अमेरिका र चीन दुवैलाई लाभ मिल्छ । तर, दुई देशको व्यापार सम्बन्ध सुधार गर्न दुई देशका नेतृत्वले कत्तिको इच्छाशक्ति देखाउँछन् भन्ने चासोको विषय बनेको छ । 

लेखक एसियाली विकास बैंकका पूर्वप्रमुख हुन् । 
कपिराइट : प्रोजेक्ट सिन्डिकेट २०१९ 
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा

प्रतिकृया दिनुहोस