मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
राेबिन तमाङ्ग
२०७६ कार्तिक २२ शुक्रबार १०:१८:००
Read Time : > 1 मिनेट
अर्थ

नेपालमा रियालिटी सोको आधार, पल्सर डेयर भेन्चर

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार १०:१८:००

सन् २०१३ देखि ‘पल्सर डेयर भेन्चर’ सुरु भयो । त्यतिवेला नेपालमा रियालिटी सो नै थिएनन् । हाम्रो लागि रियालिटी सो नै नयाँ कन्सेप्ट थियो, त्यो पनि बाइकको । बजाज कम्पनीले बाइकको रियालिटी सो सुरु ग¥यो । तर, रियालिटी सो नै प्रोडुसर, डाइरेक्टर, क्यामेरा, होस्ट सबैका लागि नयाँ थियो । पहिलो संस्करण सिक्दैमा सकियो । 

पहिलो संस्करण मुस्ताङमा भएको थियो । हामीले धेरै कुरा सिक्ने मौका पायौँ । चौथो संस्करणसम्म आइपुग्दा पल्सर डेयर भेन्चर धेरै राम्रो बनेको छ । लोकप्रियता पनि बढ्दै गइरहेको छ । दोस्रो संस्करण सोलुखुम्बुमा भयो । पहिलो संस्करणभन्दा दोस्रो राम्रो बन्यो । मनाङमा भएको तेस्रो संस्करण अझ राम्रो बन्यो । चौथो संस्करण नेपालबाहिर लदाखमा गरेका छौँ । नेपालमा रियालिटी सोको आधार खडा गरिदिने पल्सर डेयर भेन्चर नै हो ।

मुस्ताङ, सोलुखुम्बु र मनाङमा कार्यक्रम भइसक्यो । दर्शकको अपेक्षा पनि बढ्दै गयो । चौथो संस्करण अझ उत्कृष्ट बनाउनु थियो, लदाख छनोट भयो । लदाख एडभेन्चर राइडरका लागि लोकप्रिय गन्तव्य हो । चौथो संस्करणमा क्रिएटिभ डाइरेक्टर, एसोसिएट डाइरेक्टर र एडिटरको टिम इन्डियन हुनुहुन्थ्यो । भारतकै रियालिटी सो क्षेत्रमा प्रख्याति कमाएका डाइरेक्टर हामीसँग हुनुहुन्थ्यो । दोस्रो संस्करणदेखि काम गर्दै आउनुभएका नेपाली डाइरेक्टर सिमोस सुनुवार पनि अब्बल हुनुहुन्छ । यसपटक अल्टिच्युडको यात्रा मात्र होइन, प्रतियोगीलाई टास्क पनि निकै कठिन थिए ।

चौथो संस्करणको पूरै ‘फम्र्याट’ नै परिवर्तन भएको छ । यसपटक प्रतियोगीहरू को–को भिड्ने, कस–कसको टिम बनाउने भनेर हामीले छनोट गरिदिएनौँ । तिमी यो टिममा बस्, तिमी यो टिमबाट खेल पनि भनेनौँ । प्रतियोगी आफैँले डिसाइड गरे कि, आफू को–कोसँग खेल्ने, को–कोसँग नखेल्ने भनेर । ग्रुप पनि उनीहरू आफैँले बनाए । यो फम्र्याट खुबै मन प¥यो । इन्डियन टिम धेरै अनुभवी थियो । उहाँहरूसँग काम गर्न पनि मज्जा आयो । उहाँहरूको कामप्रतिको प्रतिबद्धता प्रशंसनीय थियो ।

चौथो संस्करणको पूरै ‘फम्र्याट’ नै परिवर्तन भएको छ । यसपटक प्रतियोगीहरू को–को भिड्ने, कस–कसको टिम बनाउने भनेर हामीले छनोट गरिदिएनौँ । तिमी यो टिममा बस्, तिमी यो टिमबाट खेल पनि भनेनौँ ।

यसपटक लामो यात्रा गर्नु थियो । तराईको हपहपी गर्मीदेखि अल्टिच्युड हिर्काउने ठाउँसम्म पुगियो । यात्रा निकै रोमाञ्चक बन्यो । न खाने समय छ, न त सुत्ने नै । रातभरि यात्रा र दिनभरि सुटिङ हुन्थ्यो । हामी सबै थकित भयौँ । राइडरले दिउँसो मात्र होइन, पूरै रातभरि पनि ड्राइभ गरेका छन् । अल्टिच्युडमा पुगेपछि कति राइडरहरू ढलेका छन् । 

कसैलाई पनि एक दिन फुर्सद मिलेन । सबैजना उत्तिकै खटियौँ । परिवारजस्तै भएर काम गरियो । यो संस्करणमा राइडरले बाइक कुदाएरै तराईदेखि हिमालसम्म २५ सय किमिभन्दा लामो यात्रा गरेका छन् । पुरुष प्रतियोगीलाई महिला प्रतियोगीले कडा टक्कर दिए । विश्वकै पासहरू पार गरियो । यस संस्करणको लोकेसन लदाख बाइक राइडरको ड्रिम प्लेस नै हो । लदाखको सडक राम्रो भए पनि अल्टिच्युटका कारण बाइक कुदाउन सजिलो थिएन । तैपनि, लदाखका सुन्दर दृश्यहरू हेर्द यात्रा गर्नुको मज्जा बेग्लै थियो ।

हामी भैरहवा, महेन्द्रनगर, ऋषिकेश र मनाली पुग्दा रातभरि यात्रा गरेका थियौँ । चण्डीगढसम्म पुग्दा हपहपी गर्मी थियो । मनाली पुग्दा चिसो मौमस थियो । त्यसपछि चिसो मौसमकै यात्रा भयो । मनालीदेखि पाङओङ तालसम्म पुग्दा पाँचवटा अग्ला पास पार गरेका थियौँ । ५ हजार ४ सय ८० मिटर उचाइमा रहेको खारदुङ्ला पास पुग्दा झन्डै अल्टिच्युडले हानेन । हामी लामो यात्रा तय गथ्र्यौँ । सय–डेढ सय किमि यात्रा त सामान्य लाग्न थालिसकेको थियो । पाङओङ पुग्दा सबैलाई अल्टिच्युड सहने बानी परिसकेको थियो । 

(तामाङ रक गायक तथा अभिनेता हुन् ।)

प्रस्तुती : नबिन अर्याल