१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कालीप्रसाद बाँस्कोटा
२०७६ कार्तिक २२ शुक्रबार ०९:२२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सन्तुलित आहार र सकारात्मक सोच

फिटनेस

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०९:२२:००

भेजिटेरियन डाइट 
म हेभी वा नियमित व्यायाम गर्ने मानिस होइन । तर, फिट देखिएकोमा खुसी लाग्छ । यसो हुनुको मुख्य कारण म भेजिटेरियन भएर हो । चिल्लो र माछा–मासु नखाएपछि मोटोपना बढ्न पाउँदो रहेनछ । अनि जंकफुड खान्न । फलफूलमा बढी फोकस गर्छु । भात कम खान्छु । रोटीलाई बढी प्राथामिकता दिन्छु । हिँड्ने गर्छु

नियमित अभ्यास गर्न पाउदिनँ । जिम जान्नँ । कहिलेकाहीँ ढिलो उठ्छु । कुनै दिन त उठ्दा १० बजिसकेको हुन्छ । तर, जुनसुकै समयमा उठे पनि केही किलोमिटर हिँड्छु । यसले मेन्टेन हुन सहयोग पु-याएको छ । 

‘पिरतीको छाता, निर जैले रिसाउने, मलाई माया पिरती’लगायत दर्जनौँ हिट गीत दिइसकेका गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा गाउँघरमा बोलिने टिपिकल शब्दलाई आफ्नो मेलोडीमा समेट्छन् । त्यसैले,  उनका गीत अत्यधिक रुचाइएका छन् । संगीतमा पोख्त बाँस्कोटा फिटनेसमा कत्तिको सचेत छन् त ? 

मनोरञ्जन गर्छु 
म साथीसर्कलमा बसेर सकारात्मक कुरा गर्छु । खुलेर गफ गर्छु । नयाँ पुराना सबैखालका गीत सुन्छु । अनि सिनेमा हेर्छु । यसो हुँदा मदिरा वा अन्य कुलततर्फ ध्यान जाँदैन । अनावयश्क सोच्न मौका मिल्दैन र सोच्दिनँ पनि । 

अरू प्रेरणा लिन्छु 
अन्य व्यक्तिबाट पनि प्रेरणा लिन सकिन्छ । जस्तो, मलाई पोजिटिभ सोच भाएका व्यक्तिसँग संगत गर्न मन लाग्छ । साथी आसिफ साह सकारात्मक सोचका व्यक्ति हुन्, म उनको व्यक्तित्व र फिटनेसबाट प्रभावित छु । लेखक बुद्धिसागर पनि निकै भद्र र पोजिटिभ सोच भएका व्यक्तित्व हुनुहुन्छ । बिजु बज्राचार्य, न्ह्यु बज्रचार्यालगायत विभिन्न व्यक्तित्वबाट म केही न केही सिकिरहेको हुन्छ । आफूलाई स्वस्थ राख्नुपर्छ । फिट हुनुपर्छ भन्ने सोच अरूबाट पनि सिक्न सकिन्छ ।