मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०९:३३:००
Read Time : < 1 मिनेट
समाचार

आप्रवासी कामदारबारे काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०९:३३:००

आप्रवासी कामदारको मानवअधिकारमा केन्द्रित भई काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले २६, २७ र २८ कात्तिकमा आयोजना गरेको सम्मेलनमा २५ देशका ७२ प्रतिनिधिको सहभागिता रहनेछ । 

सम्मेलनमा दक्षिण एसिया तथा एसिया प्रशान्त देशहरूको सहभागिता हुने आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आप्रवासी कामदारहरूको उत्पत्ति मुलुक, ट्रान्जिट र गन्तव्य देशका प्रतिनिधिसहित छलफल हुन लागेको आयोगका सदस्य सुदीप पाठकले बताए । आप्रवासी कामदारको मानवअधिकार संरक्षणमा विद्यमान कानुनको अवस्था, अनियमित आप्रवासन तथा मानव बेचबिखनको अवस्था, महिला आप्रवासी कामदारको सुरक्षाका विषयमा गहन छलफल हुने आयोगले जनाएको छ । 

सम्मेलनमा मानवअधिकारका लागि विश्वव्यापी सञ्जालका प्रमुख, कोलम्बिया, मलेसिया, कतार, दक्षिण अफ्रिका, माल्दिभ्स, मंगोलियाका राष्ट्रिय मानवअधिकार संस्थाका प्रमुख आयुक्तहरू सहभागी हुने निश्चित भएको छ । बंगलादेश, भारत, थाइल्यान्डलगायत देशका राष्ट्रिय मानवअधिकार संस्थाका आयुक्तहरूको समेत सहभागिता रहने आयोगले जानकारी दिएको छ ।