मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
बुर्किना फासो
२०७६ कार्तिक २२ शुक्रबार ०९:१२:००
Read Time : < 1 मिनेट
विश्व

बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी ३७ जनाको मृत्यु

Read Time : < 1 मिनेट
बुर्किना फासो
२०७६ कार्तिक २२ शुक्रबार ०९:१२:००

बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । सुनखानीका मजदुर बोकेको सुरक्षाकर्मीको एउटा सवारी साधन बुधबार धरापमा पर्दा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर छन् । क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर सानौले विस्फोटमा अन्य ६० भन्दा बढी घाइते भएको जानकारी दिए । दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेमिस दान्डजिनौले जानकारी दिए । घटना भएको क्षेत्रमा सुरक्षाकर्मीले अनुसन्धान सुरु गरिसकेको र दोषीको खोजी गरिरहेको उनले जानकारी दिए ।

बुर्किना फासोमा अतिवादीको हमलामा सन् २०१५ देखि अहिलेसम्म पाँच सयभन्दा बढीको मृत्यु भएको तथ्यांक छ । उनीहरूमध्ये दुई सयजना सुरक्षाकर्मी रहेका छन् भने अरू सर्वसाधारण छन् । अतिवादीको गतिविधिका कारण हजारौँ स्थानीय विस्थापित भएका छन् ।