Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०७:५४:००
Read Time : < 1 मिनेट
खेलकुद

हिमालयन र नोबेल समूह विजेता

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०७:५४:००

हिमालयन ह्वाइट हाउस काठमाडाैं र नोबेल एकेडेमी कञ्चनपुर बिहीबार निस्ट कलेज लिटल फ्लावर प्रिमियर टी–२०  लिग क्रिकेट प्रतियोगिताको आ–आफ्नो समूहमा विजेता बनेका छन् । दुवै टोली एक खेलअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् ।

हिमालयन एबिसी स्कुल नेपालगन्जलाई २० रनले हराएर समूह डीको विजेता बनेको हो । पहिलो ब्याटिङ गरेको हिमालयनले २० ओभरमा सबै विकेट गुमाउँदै १२५ रनको योगफल बनायो ।  प्रत्युत्तरमा एबिसी स्कुल १९.१ ओभरमा १०५ रनमा समेटियो । हिमालयनको ब्याटिङमा नारायण जोशीले सर्वाधिक ३८ रनको योगदान दिए । रामसुरत यादवले २१ र विवेक बुढाथोकीले १७ रन बनाए । एबिसी स्कुलका तुलाराम थापा र सुनील चौहानले समान दुई विकेट लिए । 

एबिसीका विराट भण्डारीले ३७ र मोहमद इमरान हस्लाओले २५ रन बनाए । हिमालयनका लागि आरियो पौडेलले पाँच विकेट लिए ।  यसैगरी, अर्को खेलमा शारदा माविलाई ४२ रनले हराउँदै नोबेल समूह सीको विजेता बन्यो । पहिलो ब्याटिङ गर्दै नोबेलले २० ओभरमा तीन विकेटको क्षतिमा १६२ रन बनाएको थियो । शारदाले २० ओभरमा नौ विकेटको क्षतिमा १२० रन मात्र बनाउन सक्यो ।

नोबलको ब्याटिङमा किरन ठगुन्नाले ६० रनको अविजित अर्धशतकीय इनिङ खेले । उनले ४१ बलमा पाँच छक्का र तीन चौका हिर्काए । गणेश बिटालूले अविजित ४६ रन बनाए । शारदाका लागि सोनु अन्सारीले दुई विकेट लिए । शारदाका सोनु अन्सारीले २६ र लक्ष्मण कठायतले १८ रन बनाए । एबिसी स्कुल नेपालगन्ज र सैनिक आवासीय महाविद्यालय अत्तरियाबीच शुक्रबार हुने खेलबाट क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ ।