मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०८:०४:००
Read Time : > 1 मिनेट
खेलकुद

अनुभवकै कमी

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०८:०४:००

इंग्ल्यान्डको मेरिलेवन क्रिकेट क्लब (एमसिसी)सँगको पहिलो श्रेणीको मान्यताप्राप्त तीनदिवसीय खेलअन्तर्गत बिहीबार आफ्नो पहिलो इनिङमा नेपाल १५३ रनको सामान्य योगफलमै समेटिएको छ । पहिलो इनिङमा ३६४ रनको योगफल तय गरेको एमसिसीले दोस्रो दिनको खेल समाप्तिसम्म आफ्नो दोस्रो इनिङमा पनि दुई विकेट गुमाएर ९१ रन जोडेको छ । समग्रमा नेपाल एमसिसीसँग ३०२ रनको भारी अन्तरले पछि परिसकेको छ । यो प्रदर्शनसँगै खेलमा नेपालको सम्भावना कमजोर देखिएको छ ।

शुक्रबार तेस्रो तथा अन्तिम दिन एमसिसीले अझै ब्याटिङ गर्न सक्नेछ । यो अवस्थामा नेपालले योभन्दा ठूलो योगफलको लक्ष्य पाउने निश्चित छ । पहिलो इनिङमा सामान्य योगफलमा समेटिन पुगेको नेपाललाई अन्तिम दिन ३०० भन्दा माथिको लक्ष्य भेट्टाउन अझ मुस्किल हुनेछ । 

१४ वर्षपछि तीनदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरेको नेपाली टोली अनुभवमै पछि देखियो । विशेषगरी, ब्याटिङमा देखिएको कमजोरीका कारण नेपाल खेलमा कमजोर अवस्थामा पुगेको छ । नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टोलीको यो प्रदर्शनले नेपाली ब्याट्सम्यानलाई बहुदिवसीय क्रिकेटको महŒव बुझाएको प्रतिक्रिया दिए । ‘हामीसँग तीनदिवसीय क्रिकेटको बानी छैन । हामीले यसअघि टी–२० र ५० ओभरको क्रिकेटमा जस्तो ब्याटिङ गथ्र्याैं, तीनदिवसीयमा पनि त्यस्तै ब्याटिङ ग¥यौँ,’ कप्तान ज्ञानेन्द्रले भने, ‘धैर्यपूर्वक ब्याटिङ गर्न सकेनौँ । त्यसमाथि उनीहरूसँग योस्तरको क्रिकेटमा अनुभवी बलर थिए । उनीहरूले नेपाली खेलाडीमाथि निरन्तर दबाब कायम राखे ।’

क्रिजमा टिक्नै मुस्किल 
एमसिसीले बिहीबार दोस्रो दिन ३११÷६ को अवस्थाबाट पहिलो इनिङलाई निरन्तरता दिएको थियो । बिहीबार बिहानको सत्रमा थप १६ ओभर ब्याटिङ गर्दा बाँकी रहेको चार विकेट गुमाउनुअघि एमसिसीले ५३ रन थप्यो । त्यसपछि आफ्नो पहिलो इनिङ सुरु गरेको नेपालले लामो समय ब्याटिङ गर्न सकेन । नेपाली खेलाडी एकपछि अर्काे आउट हुन पुगे । नेपाली खेलाडी एमसिसीका अनुभवी बलरसामु मुख्य गरी दिनको एक सेसन मात्रै ब्याटिङमा टिक्न सके भन्दा फरक पर्दैन ।

कप्तान तथा प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र पहिलो विकेटका रूपमा खाता खोल्नुअघि नै आउट हुन पुगे । त्यसवेला बोर्डमा नेपालले मात्रै एक रन जोडेको थियो । त्यसपछि शरद भेषवाकर चार र राजु रिजाल आठ रन जोड्दै आउट भए । यी तीनै खेलाडीले एमसिसीका पाकिस्तानी खेलाडी यासिर आराफातको बलमा आफ्नो विकेट गुमाएका थिए । 

एमसिसीको पहिलो इनिङ
३६४ रन, १०२ ओभर, १० विकेट

नेपालको पहिलो इनिङ
१५३ रन, ४५ ओभर, १० विकेट

एमसिसीको दोस्रो इनिङ
९१ रन, २१ ओभर, २ विकेट
(दोस्रो दिनको खेल सकिँदासम्म)

सन्दीपको लगातार तीन छक्का
नेपालका लागि लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ३९ रनको योगदान दिए । उनले २१ बलमा चार छक्का र दुई चौका प्रहार गरे । उनले एलेक्स थम्पसनको एकै ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए । उनीभन्दा अघि विनोद भण्डारीले ३६ र सोमपाल कामीले २० रन जोडेका थिए । बलिङतर्फ एमसिसीको पहिलो इनिङमा करण केसी र सन्दीपले समान तीन विकेट लिए । शरद र सोमपालको नाममा समान दुई विकेट रह्यो । एमसिसीको दोस्रो इनिङमा नेपालका सन्दीप र पवन सर्राफले एक–एक विकेट लिएका छन् ।