Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०७:५४:००
Read Time : < 1 मिनेट
खेलकुद

रियलको जितमा रोड्रेगोको ह्याट्रिक

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०७:५४:००

ब्राजिलियन युवा स्ट्राइकर रोड्रेगोको सानदार ह्याट्रिकको सहयोगमा बुधबार राति रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा गालातासारेलाई ६–० ले पराजित गरेको छ । जितसँगै समूह एमा रियल सात अंकका साथ दोस्रो स्थानमै रह्यो । यस समूहमा पिएसजी १२ अंकका साथ शीर्ष स्थानमा छ । 

नयाँ नेमार
१८ वर्षीय रोड्रेगो च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने दोस्रो युवा खेलाडी बनेका छन् । घरेलु मैदान सान्टिएगो बर्नाबेउमा ह्याट्रिक लगाएपछि रोड्रेगोलाई ‘नयाँ नेमार’ संज्ञा दिन थालिएको छ । पाँच फिट नौ इन्च अग्ला रोड्रेगो सान्तोसबाट रियलमा अनुबन्ध भएका हुन् । सान्तोसमा उनलाई सानो नेमार भनी बोलाइन्थ्यो । ‘यहाँ सान्टिएगो बर्नाबेउमा मलाई अर्का नेमार भनी बोलाउँदा निकै खुसी लाग्यो,’ रोड्रेगोले खेलपछि भने, ‘यो उमेरमा पनि मैले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेँ ।’ खेलको चौथो, सातौँ र ९२औँ मिनेटमा उनले गोल गरेका हुन् । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरेका थिए । 

युभेन्टस अन्तिम १६ मा
समूह डीमा सिरिए क्लब युभेन्टसले लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेको छ । समूह डीमा युभेन्टसले चार खेलबाट सर्वाधिक १० अंक बटुलेको छ ।  खेलको अन्तिम इन्जुरी समयमा विस्थापन्न खेलाडी डग्लास कोस्टाले निर्णायक गोल गरेपछि युभेन्टसको जित पक्का भयो ।

यसैगरी, रोबर्ट लेवान्डोस्कीले गोल गर्नेक्रम जारी राख्दा बायर्न म्युनिखले समूह बीमा ओलम्पिकोसलाई २–० ले हराउँदै प्रिक्वार्टरफाइनल स्थान सुरक्षित गरेको छ । पिएसजीले क्लब ब्रुगुसलाई १–० ले हरायो । टोटनह्यामले रेड स्टारमाथि ४–० को जित निकायो ।