Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २१ बिहीबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार

घाँटी रेटिएको अवस्थामा शव फेला

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २१ बिहीबार १७:३६:००

सिरहा जिल्लाको सिरहा नागरपालिका १२ सारश्वर गाउँ नजिकै घाँटी रेटिएको अवस्थामा बिहीबार बिहान पुरुषको शव भेटिएको छ । नगरपालिकाकाे सारश्वरस्थित महादेव मन्दिरदेखि करिब दुई सय मिटर उत्तर पश्चिम कमलाको बाँधको पूर्वी डिलमा शव भेटिएको हो । रगतले लतपतिएको शव कसैले हत्या गरी फालेको हुन सक्ने आशंका गरिएको सिरहा प्रहरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले बताए ।

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार बिहीबार बिहान स्थानीय गाउँले खेतबारीमा काम गर्न जाने क्रममा शव देखेपछि खबर आए लगत्तै घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सिरहा अस्पतालमा ल्याएको छ । शवकाे पहिचान खुल्न नसकेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।