Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २१ बिहीबार १५:२६:००
Read Time : < 1 मिनेट
खेलकुद

विश्वकप छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २१ बिहीबार १५:२६:००

विश्वकप २०२२ अन्तर्गत एसिया छनोटअन्तर्गत नेपाल र कुवेतबीच दशरथ रंगालामा हुने भनिएको दोस्रो चरणको खेल भुटानमा हुने भएको छ । रंगशाला निरीक्षणको क्रममा बिहीबार खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले फुटबल नेपालमा नहुने बताएका हुन् ।

रंगशालाको 'चेन्जिङ रुम' नबनेका कारण म्याच भुटानमा हुने भएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीले ३ मंसिरमा कुवेतविरुद्ध होम खेलका रूपमा प्रतिस्पर्धा गर्ने कार्यक्रम छ । एसियन फुटबल महासंघ (एएफसी)बाट निरीक्षण गर्न आएको प्रतिनिधिले पनि दशरथ रंगशालाको निर्माणमा असन्तुष्टि जनाएका थिए ।