१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २१ बिहीबार १४:४५:००
Read Time : < 1 मिनेट
समाचार

कास्की २ मा नेकपाबाट विद्या भट्टराईले गराइन् उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २१ बिहीबार १४:४५:००

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्रनम्बर दुईमा नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ ।

१४ मंसिर हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । भट्टराईको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला रहेका छन् । भट्टराई ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

कास्की क्षेत्र २ बाट निर्वाचित अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा भट्टराई पत्नी विद्यालाई नेकपाले टिकट दिएको थियो । 

उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जानुअघि भट्टराईले रवीन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीका ८७ वर्षीया पूर्णकुमारी आचार्य र ८५ वर्षीय बैकुण्ठनाथ आचार्यबाट आशिर्वाद ग्रहण गरेकी स्रोतले जानकारी दिएको छ ।