मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७६ कार्तिक २१ बिहीबार १४:१२:००
Read Time : < 1 मिनेट
सप्तरंग

बलिउड फिल्म उद्योगमा अमिताभ बच्चनको पाँच दशक पुरा

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७६ कार्तिक २१ बिहीबार १४:१२:००

महानायक तथा ’हिन्दी सिनेमाका सम्राट’ अमिताभ बच्चनले बलिउड फिल्म जगतमा पाँच दशक बिताएका छन् । बलिउड फिल्म उद्योगमा प्रवेश गरेको आज ५० वर्ष  पुरा भएको छ । 

नोभेम्बर ७, १९६९ कै दिन अमिताभ अभिनित पहिलो फिल्म सात हिंदुस्तानी प्रदर्शन भएको थियो । त्यस बेलादेखि अमिताभ बच्चनले पछाडि फर्केर हेरेनन् । उनले सो फिल्ममा पारिश्रमिक बापत ५ हजार रुपैयाँ प्राप्त गरेका थिए । 

अमिताभ अभिनित चलचित्र तथा स्वयम् उनले विभिन्न विधामा अवार्ड समेत पाइसकेका छन् । उनी अभिनित चलिचित्र आनन्द, जंजिरि, नमक हराम, दिवार, कभिकभि, अदालतलगायत अधिकांश चलचित्र सुपरहिट भइसकेका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र  पिंक (२०१६) समेत सफल भएको थियो ।

बलिउड फिल्म उद्योगमा अमिताभलाई सम्राट तथा महानायकको रुपले चिन्ने गरिन्छ । यसबीचमा उनले सयौं फिल्ममा काम गरिसकेका छन् । त्यसका साथै विभिन्न रियालिटी शो, डकुमेन्ट्री, म्युजिक भिडियोमा काम गर्नुका साथै कोन बनेँगा करोडपति, देख भाइ देख, बिगबोस सिजन ३ लगायतका टेलिभिजन शो समेत सञ्चालन गरिसकेका छन् । 

बलिउड फिल्म उद्योगमा उनको योगदान निकै रहेको छ ।