मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २१ बिहीबार १३:२१:००
Read Time : < 1 मिनेट
सप्तरंग

वीरगन्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सव सुरु  

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २१ बिहीबार १३:२१:००

वीरगन्जमा बिहीबारदेखि नेपाली चलचित्र स्वर्णिम महोत्सव सुरु भएको छ । महोत्सवको लागि वीरगन्जको घण्टाघर चोकबाट विभिन्न जाताजाति, समुदायका व्यक्तीहरु विभिन्न भेषभूषाको झाँकीसहितको -याली कार्यक्रमस्थल आदर्शनगर खेल मैदानतर्फ लागेको छ । महोत्सवको उद्घाटन मध्यान्न १२ः०० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छन् । उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीसँगै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँसकोटा र प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतको उपस्थिती रहने आयोजकले जनाएको छ ।

झाँकीसहितको -याली नगरको मुख्य सडक माईस्थान, आदर्शनगर चोक, कैलास होटल चोक हुँदै आदर्शनगरको मैदान पुगेको हो । 

२३ कातिकसम्म हुने महोत्सवमा बलिउडका चर्चित अभिनेता गोविन्दा लगायत नेपाली चलचित्रका चर्चित पूराना तथा नयाँ कलाकारहरुको सहभागिता रहने छ । महोत्सवको लागि कतिपय कलाकार वीरगन्ज पुगिसकेको र केही आउने क्रममा रहेको महोत्सव मूल तयारी समितिका संयोजक विमल पौडेलले जानकारी दिए । महोत्सवमा एक सय रुपैयाँको प्रवेश शुुल्क राखिएको छ । 

नेपाल चलचित्र निर्माता संघ, नेपाल उद्योग वाणिज्य महासंघ र वीरगन्ज उद्योग वाणिज्य संघले  नेपाली चलचित्र स्वर्णिम महोत्सव आयोजना गर्न लागेको हो । तीन दिने महोत्सवमा नेपालका विभिन्न भाषाका चलचित्र र चर्चित चलचित्रहरुको प्रदर्शनी रहने आयोजकले जनाएको छ । हिमाल, पहाड र तराईको संस्कृतिलाई जोड्ने र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । 

महोत्सव आयोजनाका लागि प्रदेश २ को सरकार, पर्यटन प्रवद्र्धन समन्वय समिति र वीरगन्ज महानगरपालिकाले पनि सहयोग गरेको नेपाल चलचित्र निर्माता संघका उपाध्यक्षसमेत रहेका संयोजक पौडेलले बताए ।