१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अबु बकर अल बग्दादी
एजेन्सी काठमाडाैं
२०७६ कार्तिक २१ बिहीबार १२:५१:००
Read Time : < 1 मिनेट
विश्व

बग्दादीकी पत्नी टर्कीको हिरासतमा 

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडाैं
२०७६ कार्तिक २१ बिहीबार १२:५१:००

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्लामिक स्टेटका पूर्व प्रमुख अबु बकर अल बग्दादीका चारमध्ये एक पत्नीलाई आफ्ना सुरक्षाबलले गिरफ्तार गरेको बताएका छन् । 

टर्कीले कार्तिक १२ मा बग्दादीकी बहिनी रस्मिया अवाद, बहिनी–ज्वाँइ र छोरी–ज्वाँइलाई पनि हिरासतमा लिएको थियो । 

राष्ट्रपति एर्दोगानले बग्दादीकी पत्नीको नाम र उनलाई पक्राउ गरिएको बारे सबै विवरण गोप्य राखेको छ ।  

सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी विशेष फौजको कारबाहीका क्रममा २६ अक्टुबरमा आत्मघाती बम विस्फोटबाट बग्दादीको मृत्यु भएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बग्दादीसँगै उनका दुई श्रीमती पनि मारिएको बताएका थिए । 

अल बग्दादीको मृत्युपछि सम्बोधन गर्दै ह्वाइट हाउसमा ट्रम्पले भनेका थिए ‘उनीहरुले कहिले पनि विस्फोट गराएनन् तर आज उनीहरु पनि मरे । बग्दादी लुकेको सुरुङमा भेस्ट लगाएका दुई महिला थिए, तिनीहरु उनका श्रीमती थिए ।’ 

बग्दादीका कति श्रीमती थिए र अब कति जीवित छन् भन्ने यकिन नभएको टर्की प्रशासनले जनाएको छ । 

बग्दादीको मृत्युपछि ट्रम्पले आतंकवादमाथि आफूहरुको जीत भएको प्रतिक्रिया दिएका थिए । तर वैदेशिक मामिला विशेषज्ञहरुले अझै पनि सिरिया र अन्य देशमा इस्लामिक स्टेटको खतरा उत्तिकै रहेको बताउँछन् । 

इस्लामिक स्टेटले बग्दादीको मृत्युको पुष्टि गर्दै नयाँ नेताको नामसमेत घोषणा गरिसकेको छ । अहिले आइएसका नयाँ नेता अबु इब्राहिम अल–हाशेमी अल कुरैशी रहेका छन् । 

एर्दोगानले टर्कीको राजधानी अंकारा विश्वविद्यालयमा भने ‘हामीले बग्दादीकी पत्नी, बहिनी, ज्वाँइ पक्राउ गरेका छौं तर अमेरिकाले जस्तो हल्ला गरेका छैनौं ।’ उनले यो पनि भने कि स्टेट डिपार्टमेन्टलाई इस्लामिक स्टेटका नयाँ नेता कुरैशीको बारेमा ‘लगभग केही पनि थाहा छैन’ ।