१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २१ बिहीबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार

नेपाली भूमी फिर्ता गर्न माग गर्दै नेपाल-भारत सीमा क्षेत्रमा प्रदर्शन

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २१ बिहीबार १२:३८:००

नेपाली भुभाग भारतले हडपेको विरोधमा युवाहरुले नेपाल भारत सीमा क्षेत्रमा प्रर्दशन गरेका छन् । 

नेपालको पश्चिम सिमानातर्फको दार्चुला जिल्लाको कालापानी र लिपुलेकमा जम्मा ३७३ वर्ग किलोमिटर भुभाग भारतले आफ्नो नयाँ नक्सामा राखेपछि बिहीबार बिहान स्वतन्त्र युवाहरुले विराटनगर रानीस्थित नेपाल भारतको सीमा क्षेत्रप्रर्दशन गरेका हुन् । 

उनीहरुले नेपाली भूमी भारतले फिर्ता गर्नुपर्ने माग गर्दैै नगरेमा मातृ भूमीको रक्षाकालागि जस्तोसुकै वलिदानी दिन पनि तयार रहने बताए । राष्ट्रिय झण्डा लिएर पहाडी, मधेशी, मुस्लिम सबै समुदायका युवाहरु हडपेको भूमी फिर्ता गर्न माग गर्दै प्रर्दशनमा उत्रिएका थिए । 

प्रर्दशनमा अनेरास्ववियूका केन्द्रीय सचिव वसिम आलम, युवाहरु हमिद आजाद, प्रकाश पोखरेल, सुरेश विडारी लगायतले भारतीय बिस्तारबादी नीतिको बिरोध गर्दै नेपाल भुभाग तुरुन्त फिर्ता गर्न माग गरेका थिए ।