मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
निरञ्जन मैनाली बारा
२०७६ कार्तिक २१ बिहीबार ११:४७:००
Read Time : < 1 मिनेट
ब्लग

भूमाफियाको आतंक

Read Time : < 1 मिनेट
निरञ्जन मैनाली बारा
२०७६ कार्तिक २१ बिहीबार ११:४७:००

विभिन्न सञ्चार माध्यममा प्रकाशित बाराका भूमाफियाले मालपोतका कर्मचारीको समेत मिलेमतोमा स्थानीय जग्गाधनीलाई समेत पत्तो नदिई धमाधम व्यक्तिको जग्गा नामसारी गरिरहेको समाचारले हामी कोल्हवी निवासीलाई आतंकित बनाएको छ । 

केही वर्षअगाडि नै कोल्हवी नगपालिकाभित्रको ६ बिघा जमिनमाथि भूमाफियाले मालपोतका कर्मचारीसितको मिलेमतोमा कब्जा जमाइसकेको सार्वजनिक भएकै हो । अहिले फेरि भूमाफियाले कोल्हवी २ ख, हनुमानगन्जमा रहेको १० बिघा जमिनमाथि कब्जा जमाउने दुष्प्रयास गरिरहेका छन् । उनीहरूले वास्तविक जग्गाधनीलाई थाहै नदिई किनबेचसमेत गरिरहेको सुन्दा हामी कोल्हवीवासी आतंकित भएका हौँ । हामी जनता न्यायको प्रतीक्षामा छौँ सरकार !

निरञ्जन मैनाली, कोल्हवी–२, निकास, बारा