मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ कार्तिक २१ बिहीबार ०९:४९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् कपाल झर्ने कारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ कार्तिक २१ बिहीबार ०९:४९:००

१.कतिपयको कपाल वंशानुगत गुणका कारणले झर्छ । 

२. धेरैजसो मानिसको कपाल तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ । 

३.भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमी हुँदा पनि कपालमा असर पुग्छ ।

४.कतिपयले अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गरिरहेका हुन्छन् । यसो गर्दा पनि कपालमा समस्या उत्पन्न हुन्छ र झर्न सुरु गर्छ ।
५.सुक्खा बनाउन प्रयोग गरिने हेयरड्रायर र अन्य उपकरणको प्रयोगले पनि कपाललाई कमजोर बनाउँछ ।

६.फंगल इन्फेक्सनका कारण पनि कपाल झर्न थाल्छ । जाडो या गर्मी दुवै मौसममा फंगल इन्फेक्सन हुन सक्छ ।

७.गर्भावस्था, प्रशव, युवा अवस्थामा मानिसको हर्मोनमा परिवर्तन आउन सक्छ । हर्मोन परिवर्तनका कारण पनि कपाल 
झर्ने गर्छ ।

८.निद्रा नपुग्नु कपाल झर्नुको अर्को कारण हो । निद्रा पूरा नहुँदा इनसोमनिया र नसुन्नेजस्ता रोग लाग्न सक्छ, जसको सीधा असर कपालसम्म पुग्छ ।