१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक २० बुधबार १७:५०:००
Read Time : < 1 मिनेट
समाचार

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २० बुधबार १७:५०:००

चिकित्सा शिक्षा सुधारको माग गर्दै १७ औं चरणको अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बमजोर बन्दै गएको छ ।

सदरमुकामस्थित तुफाडाँडामा निर्मल क्लिनिक रहेको घरको तेस्रो तलाको कोठामा अनशन बसेका केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको स्वास्थयकर्मीले जनाएका छन्  ।

चिसोको कारण अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र रक्तचाप घटेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए । केसीको रक्तचाप बढ्ने र घट्ने भइरहेको उनले बताए । बुधबार उनको चार पटक स्वास्थ्य जाँच गरिएको थियो । 

डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव रहेको हुँदा डा. केसीको नियमित जाँचमासमेत समस्या भइरहेको उनले बताए । उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गए डडेल्धुरा अस्पताल सार्नुपर्ने अवस्था आउन सक्ने कँडेलको भनाई छ । 

गत सोमबार बेलुका पाँच बजेदेखि डा. केसीले डडेल्धुरा सदरमुकाममा सात बुंदे मागसहित १७ औं सत्याग्रह सुरु गरेका हुन् ।