मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २० बुधबार १६:३९:००
Read Time : < 1 मिनेट
समाचार

धरानबाट १० जुवाडे पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २० बुधबार १६:३९:००

धरानमा तिहार सकिए पनि तिहारको मौका खेलिने जुवातास खेल्लने भने सकिएको छैन । मंगलबार राति इलाका प्रहरी कार्यालय धरानले ८४ हजार नगदसहित १० जनालाई पक्राउ गरेको छ । 

धरान–१४ स्थित मण्डप चोकका पशुपति चौधरीको घरमा तास र डाइस खेलिरहेको अवस्थामा राति ११ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा सोही स्थानका २६ वर्षीय सोबित भुजेल, ३५ वर्षीय विकास राई, २९ वर्षीय मनोज राई, २५ वर्षीय शुसिल विश्वकर्मा, २७ वर्षीय शम्भु चौधरी, ३० र्षीय अर्जुन तामाङ रहेका छन् । त्यस्तै अन्यमा २७ वर्षीय रबिन बर्देवा, २५ वर्षीय संदिप मगर, २६ वर्षीय विकाश राई र घरधनि २७ वर्षीय चौधरी रहेको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

उनीहरुको साथबाट प्रहरीले लंगुरबुजा १ सेट, तास १९ बुक र नगद ८४ हजार एक सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।