Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केशव गुरुङ गोरखा
२०७६ कार्तिक २० बुधबार ११:४५:००
Read Time : > 1 मिनेट
प्रदेश

स्थानीय पूर्वाधार विकासको बजेट बाँडफाँड : सडक र भवन निर्माणमा धेरै बजेट

Read Time : > 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ कार्तिक २० बुधबार ११:४५:००

चालू आर्थिक वर्ष ०७६/७७ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गोरखा निर्वाचन क्षेत्र २ मा ३२ योजना छनोट गरिएको छ । क्षेत्र नम्बर २ का सांसद डा. बाबुराम भट्टराईको उपस्थितिमा आयोजना तथा कार्यक्रम छनोट र स्वीकृत गरिएको हो ।

बैठकमा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, संघीय सांसद चूडामणि खड्का, प्रदेश सांसद हरिशरण आचार्यलगायतको उपस्थित थियो । सांसद विकास कोषको ६ करोड रकम बाँडफाँड भएको हो । छनोट भएका योजनामध्ये अधिकतम ५० लाख र न्यूनतम १० लाख पाएका छन् । 

 पुस्तकालय भवन निर्माणमा साढे २४ लाख
सिरानचोक गाउँपालिका–५ सहिद भीमसेन स्मृति प्रतिष्ठान पुस्तकालय भवन तथा पूर्वाधार निर्माणका लागि २४ लाख ६० हजार छुट्टाइएको छ । सिरानचोक गाउँपालिका–७ दलित बहुउद्देश्यीय सामुदायिक भवन, बारपाक सुलिकोट गापा–७ सिम्लेमा चापानी लिफ्टिङ खानेपानी योजना मूलावारी, सिरानचोक गापा–८ फिनामटार खेलकुद मैदान, गोरखा नगरपालिका–१४ मा भट्टबेँसी खेलकुद मैदान, गोरखा नपा–१३ रामशाहघाट पर्यटन पूर्वाधार निर्माणका लागि १०–१० लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, पालुङटार नगरपालिका–१ को भुलभुलेखार तातोपानी पर्यटन पूर्वाधार विकास, अजिरकोट गापा–१ घ्याच्चोक बहुउदेश्यीय समाजघर निर्माण, पालुङटार नपा–५ चेपे आदर्श युवा क्लब भवन निर्माण, पालुङटार नपा–९ त्रिवेणी मावि सेराको घेराबार निर्माण, अजिरकोट गापा–३ ज्ञानज्योति मावि घेरबार गर्नका लागि १०–१० लाख बजेट विनियोजन गरिएको छ ।

यी हुन् धेरै बजेट पाउने योजना
बारपाक सुलिकोट गाउँपालिकाको कुलगाउँ–पोखरी–मान्द्रे सडक, अजिरकोट गाउँपालिका–३ को अलैँची संकलन तथा प्रशोधन केन्द्र निर्माण, सिरानचोक गाउँपालिका–५, ६, ७ वडाको चित्रेपोखरीदेखि नाम्रुङ हुँदै सिम्ले सडकखण्ड, पालुङटार नगरपालिका–१ ज्योति चौतारा–वेलवास–खुर्पाजुङ–वडा कार्यालय सडक स्तारोन्नति, पालुङटार नगरपालिका–४ अल्को चिलौने–नयाँगाउँ–सापकोटा टार–ठाटीचौर सडक स्तरोउन्नति, गोरखा नगरपालिका–१० छेवेटार–मिलनचोक–तारामावि सिमलपानी सडकका लागि ५०–५० लाख बजेट विनियोजन गरिएको छ । 

पालुङटार नगरपालिका–१ देउरालीबाट अन्नपूर्ण मन्दिर हुँदै अन्नपूर्ण मावि सडक स्तरोन्नति, पानपा–१ मा पाउरोटी भण्डारदेखि चापाभञ्याङ हुँदै कार्कीगाउँ सडक निर्माणमा २०–२० लाख छुट्टाइएको छ ।

पालुङटार नगरपालिका–१० पन्थिनी चौतारा–खड्कागाउँ–खहरे ट्र्याक निर्माण, सिरानचोक गाउँपालिका–२ तार्केडाँडा–खमारी–धर्तीपानी– झिम्रेक सडक, पालुङटार नगरपालिका–३ को साउनेपानी–वडा कार्यालय–डुम्रेडाँडा–पाथीभरा–आपपिपल अस्पताल सडक स्तरोन्नति गर्न १०–१० लाख विनियोजन गरिएको छ । गोरखा नगरपालिका–११ र १२ को सेन्टजोसेफ मरनघाट जाने बाटो र ११ किलोवाट छापगाउँ सडक, गोनपा–९ दलभञ्ज्याङ वडा कार्यालय–कोलडाँडा हुँदै मालढुंगा स्तरोन्नति, सिरानचोक गापा–१ माथिल्लो भिरसीं–चैनपुर सडक निर्माण, गोनपा–८ ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणका लागि १०–१० लाख छुट्टाइएको छ ।