मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार २१:११:००
Read Time : < 1 मिनेट
प्रदेश

सर्लाही उद्योग वाणिज्य संघका अध्यक्षको दुर्घटनामा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार २१:११:००

उद्योग वाणिज्य संघ सर्लाहीका अध्यक्ष ५२ वर्षीय कुशहरि मैनालीको बिहीबार राति पौने ८ बजे मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकाअन्तर्गत वयलबास बजारमा रहेको उद्योग बन्द गरेर घर फर्कदै गर्दा दुर्घटना भएकाे हाे । 

मैनालीले चलाएको ना २४ प ९७६९ नम्बरको मोटरसाइकलले साेही नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा रिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको रिक्सालाई पछाडिबाट उनको मोटरसाइकलले ठक्कर दिएपछि दुर्घटना भएको हो । 

मैनालीकाे घाँटीमा गहिरो चोट लाग्दा घटनास्थलमा नै मृत्यु भएको र रिक्सा चालक भारत सितामाढीका सुशिल जयसवाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।