मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार २०:००:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकामा प्रहरीले आत्महत्या गर्ने दर उच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार २०:००:००

संयुक्त राज्य अमेरिकामा सन् २०१८ मा संघीय, प्रान्तीय र स्थानीयमा गरी एक सय ६० जना प्रहरीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अधिकांश पुरुष रहेका छन् ।  उनीहरूले आफ्नै हतियारले अात्महत्या गरेका हुन् ।

Photo : Rippa

'ब्लू हेल्प' नामक एक गैर नाफामूलक संस्थाले गरेको अध्ययनमा साे तथ्य उल्लेख गरिएको हो । सिकागोको 'फेडेरल अर्डर अफ पाेलिस'ले निकालेको विज्ञप्तिमा आत्महत्याको कारण प्रहरीमाथि मिडिया र राजनीतिक दलहरुले गरेकाे अपमानलाई लिइएको छ । प्रहरीमाथि विभिन्न लान्छना र झुटा आरोपहरु लगाउँदा उनीहरूकाे मनोबल खस्किएकाे बताइएकाे छ ।    

अमेरिकाको न्यू योर्क र सिकागो राज्यमा सन् २०१८ मा कम्तिमा ५ जना प्रहरीले आत्महत्या गरेका थिए । यद्दपी सिकागो प्रहरीकाे संख्या न्यू योर्क प्रहरीकाे तुलनामा कम रहेकाे छ ।

एजेन्सीकाे सहयाेगमा