मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक १९ मंगलबार १४:३७:००
Read Time : < 1 मिनेट
समाचार

आलमको बयान रोकियो

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १९ मंगलबार १४:३७:००

पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताव आलमको बयान रोकिएको छ ।

जिल्ला अदालत गौरमा बयानको क्रममा आलम पक्षका वकिलले मिसिलको प्रतिलिपि माग गरेका थिए । सो मिसिलको प्रतिलिपि अदालतले उपलब्ध नगराएपछि बयान रोकिएको हो । 

प्रहरीले बयानका लागि बिहान ११ बजे आलमलाई जिल्ला अदालत गौर लगेको थियो ।

८ सय १८ पेजको मिसिल सरकारी वकिलको कार्यलयले जिल्ला अदालतमा बुझाइसकेको छ । सोही मिसिलको प्रतिलिपि आलम पक्षका कानुन व्यवसायीले माग गरेका हुन् ।