१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १९ मंगलबार १२:३३:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश प्रमुखद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १९ मंगलबार १२:३३:००

राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त प्रदेशका प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रद्रेश २ का प्रदेश प्रमुख तिलक परियार, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईँ, गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादव, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् । उनले सोमबार अपराह्न सरकारको सिफारिसमा उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । 

यस अघि गत १७ कार्तिक आइतबार बसेको मन्त्रीपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नियुक्त गरेका सबै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको थियो ।