१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक १९ मंगलबार ११:४३:००
Read Time : < 1 मिनेट
प्रदेश

धानमा बाला नलागेपछि किसान चिन्तित

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १९ मंगलबार ११:४३:००

धान काटेर थन्काउने बेलामा धानमा बाला नलागेपछि दोर्दीका किसान चिन्तित बनेका छन् । उन्नत जातको भन्दै गरिमा, बेलना शंकर, सुधा नामको धानको बीउ लगाएका लमजुङको दोर्दी गाउँपालिकाको विभिन्न क्षेत्रका किसान फल नलागेपछि चिन्तित बनेका हुन् । दोर्दी गाउँपालिका ८ बन्सारको दुवारमा अधिकांश कृषकले लगाएको धानमा बाला नलागेको हो ।

 काट्ने बेला भइसक्दा पनि धानमा बाला नलागेपछि किसान निराश भएका गाउँपालिकाको कार्यपालिका सदस्य लालमाया मिजारले बताइन् । दुवार गाउँका मात्रै झण्डै ४० रोपनी क्षेत्रफलमा लगाइएको धानमा बाला नलागेको उनले बताइन् ।

‘हली गोरु खेतालाको ज्याला आफ्नो मेहेनत सबै खेर गयो वर्षभरी खाने खेतीमा बाला नै लागेन खेतमा जादा रुन मन लाग्छ,’ स्थानीय हितराना मगरले भावुक हुँदै भने, ‘रोप्नलाई ५, ६ दिन लाग्यो उन्नत जातको धेरै फल्ने भनेर सुधा जातको धान लगाए अहिले धन्क्याउने बेलामा बाला लागेन ।’ दुवार गाउँकै सर्मिला तामाङको पनि पिडा उस्तै छ । हलिगोरु खेतला, आफ्नो मेहनत सबै खेर गयो । थन्क्याउने बेलामा धानामा बाला लागेन,’ उनले दुखेसो पोखिन् ।

उनीमात्रै होइन गाउँका प्राय ः सबै किसान चिन्तित भएका छन् । दोर्दी गाउँपालिका कृषि प्रसार अधिकृत गोबिन्दराज सेढाईले गाउँपालिकाको दुवार, अर्चलबोट लगायतका केही किसानहरुले फोटो सहितको निवदेन पेश गर्दै क्षतिपूर्ति माग गरेको बताए ।